16 July ,2026,Thursday

बीपीएस +२ कलेजद्वारा आयोजित गायन प्रतियोगिताको नतिजा सार्वजनिक

अभिलाष गुप्ता

वीरगंज, ३० असोज । वीरगंजस्थित बीपीएस प्लस टु कलेजले आयोजना गरेको ‘बीपीएस +2 सिङ्गिङ कन्टेस्ट २०८२’ को अन्तिम नतिजा सार्वजनिक गरेको छ। बिहीबार कलेज परिसरमा सम्पन्न फाइनल चरणमा उत्कृष्ट सात जना मध्ये छौ जना प्रतिस्पर्धीले प्रत्यक्ष प्रस्तुति दिएका थिए।

कलेजले सुरुमै जारी गरेको सूचनालाई आधार बनाई निर्णायक मण्डलको निर्णय र सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट तथा सेयरका अंकका आधारमा अन्तिम नतिजा तय गरिएको हो।

घोषित नतिजाअनुसार प्रथम श्रृष्टि कुशवाहा, द्वितीय गुलनाज बेगम र तृतीय स्थान मेराज आलमले हात पारेका छन् । त्यस्तै, उत्कृष्ट प्रस्तुति दिएका अद्वेश मान श्रेष्ठ, सहजाद अन्सारी र आलोक यादवलाई सान्त्वना पुरस्कार प्रदान गरिने भएको छ।

निर्णायक मण्डलमा भोजपुरी गायक सुनील पण्डित, गायक छोटु राज र कवि श्याम सर्राफ रहेका थिए। निर्णायकहरूले प्रतियोगीहरूको स्वर, प्रस्तुति र स्टेजमा प्रदर्शनका आधारमा मूल्याङ्कन गरेका थिए।

उत्कृष्ट तीन प्रतिस्पर्धीलाई क्रमशः रु. १०,०००, रु. ६,०००, र रु. ४,००० नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिने भएको छ। विजेताहरूलाई निकट भविष्यमा होटल भिषवामा आयोजना हुने विशेष कार्यक्रममा सम्मान गरिने कलेजले जनाएको छ।

‘बीपीएस +2 सिङ्गिङ कन्टेस्ट २०८२’ विद्यालय तहका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूका लागि खुला राखिएको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, साङ्गीतिक रुचि र प्रतिभा प्रर्दशनको अवसर प्रदान गरेको आयोजकको भनाइ छ।

कलेजका एचआर निर्देशक सन्दीप कुशवाहाले प्रतियोगिताबाट विद्यार्थीहरूमा मौलिक प्रतिभा अभिव्यक्त गर्ने अवसर मिलेको भन्दै खुशी व्यक्त गरे। उनले भने, “बीपीएस सधैं विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि प्रेरणादायी गतिविधिहरूमा अग्रसर रहन्छ।”

त्यस्तै, शैक्षिक निर्देशक दीपक पटेलले प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र सृजनशील सोच विकसित भएको बताए। उनले थपे, “यस किसिमका कार्यक्रमले विद्यार्थीहरूलाई आत्मविश्वासी बनाउँछ र उनीहरूको भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...