16 July ,2026,Thursday

झाँझ खोलामा डुबेर दाजुभाइको मृत्यु

रौतहट, १ कात्तिक । रौतहट जिल्लाको गरूडा नगरपालिका–५ शिवनगरस्थित झाँझ खोलामा शनिवार दिउँसो नुहाउन गएका दुई दाजुभाइको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका ३ घर भई शिवनगरमा बसोबास गर्दै आएका संजिब साहका १० वर्षीय छोरा निरज साह र उनका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार दुवै बालक नुहाउने क्रममा झाझ खोलामा डुबेका थिए। स्थानीयले उनीहरूलाई डुबेको देखेपछि तत्काल उद्धार गरी गरूडा शिवनगरस्थित संजीवनी अस्पताल पुर्रुयाए पनि चिकित्सकले दुवैलाई मृत घोषित गरेको कार्कीले जानकारी दिए ।
असोज २७ गते गौरमा पानीमा डुबेर तीन बालिकाको ज्यान गएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...