16 July ,2026,Thursday

वीरगंज युवा समाज द्धारा दिपावली ,छठ पर्वको शुभकामना आदानप्रदान एवं फेरि भेटौला कार्यक्रम सभ्य एवं भव्य रुपले सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०१ कार्तिक । वीरगंज युवा समाजले दिपावली एवं छठ महापर्वको शुभकामना आदानप्रदान तथा फेरि भेटौला कार्यक्रम सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ । वीरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षता एवं होटल एसोसिएसन मधेश प्रदेशका उपाध्यक्ष एवं होटल मकालु बिरगंजका महाप्रबन्धक मोहन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा वीरगंजका २ जना प्रहरी निरीक्षकहरु जिल्ला ट्राफिक प्रमुख लोकराज भट्ट र बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख निरोज चौलागाईंलाई सम्मान गरि बिदाइ गर्दै फेरि भेटौला कार्यक्रम पनि मनाएको छ ।

सो अवसरमा प्रमुख अतिथी श्रेष्ठले नेपालीहरुको महान पर्व दिपावली र छठले संस्कृति सन्सकारको साथै आपसी एकता भाइचारालाई थप बलियो बनाउदै लगने भएकोले पर्वको मर्म अनुसार समाजले मनाउन आग्रह गर्दै दुबै राष्ट्रसेवकको बिरगंजको लागि गरेका शान्ती सुरक्षा प्रती सकारात्मक योगदानको प्रसंशा गर्दै उहाँहरु जहाँ गए पनि जनताको मन जितेर प्रहरी संगठनको नाम उच्च गर्नेमा आफू बिश्वस्त रहेको बताउदै उहाहरुको आगामि कार्यकालको शुभकामना प्रदान गर्दै सम्पुर्णलाई दिपावली छठ महापर्वको बधाई शुभकामना ब्यक्त गरेका थिए ।

सो अवसरमा बिशिस्ट अतिथीद्वय भट्ट र चौलागाईंले वीरगंज युवा समाज आफैमा देश जनता समाजको सकारात्मक परिवर्तनको वाहक भएको बताउदै हाम्रो समाजमा विभिन्न समयमा विभिन्न किसिमका आपत बिपत आएको बखत वीरगंजका युवाहरुले खेलेको भुमिका योगदान निकै सराहनिय रहेको प्रसंशा गर्दै अब को समय जेन्जी Z का युवाहरुले उठान गरेका भ्रष्टाचार विरुद्धको अभियानमा बिरगंज युवा समाजले जिम्मेवारी लिनु पर्ने बताउदै आफुहरुको कार्य प्रती एवं आगामी कार्यकालको लागि सम्मान गर्दै शुभकामना ब्यक्त गर्नु भएकोमा समाज परिवार प्रती हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।

वीरगंज युवा समाजका अध्यक्ष संजिव थापाले समाजले बिगत १३ वर्ष देखि समाजमा रहेको बिकृती बिसङती, कुप्रथाहरु संग लडदै यसको न्यूनीकरणमा प्रयासरत रहेको साथै भुकम्प , बाढी, आगलागी, हुरि बतास लगायतको आपतबिपतमा देशको कुनाकाप्चा पुगेर पिडितहरुको सेवा सहयोग गर्दै आएको बताउदै बिरगंजमा आएका २ युवा प्रहरी निरीक्षकले शान्ती सुरक्षाको साथ राम्रो कार्य गर्ने युवा लगायतलाई विभिन्न समय, कार्यक्रमहरु मार्फत हौसला प्रदान गरेको बताउदै उहाहरुको आगामी कार्यकाल थप सफल होस र वीरगंज मै डिएसपी,एसपी बनेर आउन फेरि भेटौला भनी शुभकामना दिदै दिपावली एवं छठ महापर्वको सम्पूर्णलाई हार्दिक बधाई शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा समाजका उपाध्यक्ष सानू राणा, सदस्यहरु सुशील श्रेष्ठ, पुर्ण गुरुङ, सुदेश लाखे, कमलेश सराफ, सृष्टि बिस्ट, सैयाद अन्सारी, निरज श्रेष्ठ, काजल कोइराला, पुष्पराज कोइराला, सुमन पौडेल, मौसमी, मनोज गुप्ता, जगत गुप्ता, सुशील सिंह, राजु गुप्ता लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण समाजका सदस्य बिनोद धिमालले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...