16 July ,2026,Thursday

वीरगंजमा सिरडी साईं बाबा मन्दिरको ७औं वार्षिकोत्सव तथा भव्य पाल्की यात्रा सम्पन्न

अभिलाष गुप्ता

वीरगंज,०५ कार्तिक । वीरगंजस्थित सिरडी साईँ बाबा मन्दिर सेवा ट्रस्ट परिवारद्वारा आयोजना गरिएको ७ औं वार्षिकोत्सव तथा भव्य पाल्की यात्रा कार्यक्रम आज अत्यन्त श्रद्धा, भक्ति र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रममा ट्रस्टका अध्यक्ष प्रवेश कुमार सरार्फ, उपाध्यक्ष सञ्जय प्रसाद कुश्वाहा, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष बासुदेव सहनी, सदस्यहरू मनोज कुमार रौनियार, राकेश कुमार लगायतका पदाधिकारी, सदस्य तथा ठूलो संख्यामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त पाल्की यात्रा गिता मन्दिर रोडस्थित श्री साईँ बाबा मन्दिरबाट प्रारम्भ भई माईस्थान, अलखियामाठ, आदर्शनगर हुँदै मकालु होटल र घडिअर्वा चौक मार्ग हुँदै पुनः मन्दिर परिसरमै पुगेर समापन गरिएको थियो। यात्राका क्रममा साईँ भजन, कीर्तन, धूप–दीप, फूलमालाले वातावरण पूर्ण रूपमा भक्तिभावले भरिएको थियो।

कार्यक्रमलाई सभ्य र भव्यरूपले सम्पन्न गरिएको ट्रस्टका अध्यक्ष सरार्फले जानकारी दिए। उनका अनुसार पाल्की यात्रा पश्चात् मन्दिरमा विशेष पूजाआजा तथा आरती कार्यक्रम सम्पन्न गरिएको छ।

त्यसपछि दिउँसो २ बजेदेखि भण्डारा (महाप्रसाद वितरण) कार्यक्रमको आयोजना गरिएको र बेलुका देखि सामूहिक सत्सङ तथा भजन कीर्तन कार्यक्रम सञ्चालन गरिने आयोजक समितिले जनाएको छ।

यस भव्य अवसरले वीरगंजको धार्मिक र सांस्कृतिक परिवेशमा साईँ भक्तिभाव, एकता र सामूहिक सहभागिताको सुन्दर सन्देश फैलाएको सहभागी भक्तजनहरूले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...