15 July ,2026,Wednesday

बलिरामपुरमा ३० जनाले गरे रक्तदान

वीरगंज ११ कार्तिक । छठ पर्वको अवसरमा सामाजिक विकास सेवा समिति तथा बलिरामपुर युवा क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विश्रामपुर गाउँँपालिका–८ बलिरामपुरमा सम्पन्न कार्यक्रममा दीपा ठाकुर, सन्तोष कुमार महतो, छठू महतो, राम महतो केवट, अभिनाश गुप्ता, सन्तोष प्रसाद कलवार, दुखाराम महतो, भोला प्रसाद साह, सेशनाथ महतो, गौतम कुमार, राहुल महतो केवट, प्रदीप कुमार गुप्त लगायत ३० जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ता, नेपाल रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहा र नितेश कुमार लगायतका टोलीले प्राविधिक सहयोग गरेका थिए। सामाजिक विकास सेवा समितिका अध्यक्ष प्रदीप कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डा. मुकेश चतुर्वेदी, बलिरामपुर युवा क्लबका अध्यक्ष शिवम गुप्ता, समाजसेवी राजेन्द्र भट्टराईको उपस्थिति थियो।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...