18 December ,2025,Thursday

वीरगंज महानगरद्वारा साविक वडा १६ स्थित सरकारी जग्गा अतिक्रमण हटाइ नियन्त्रणमा

अभिलाष गुप्ता

वीरगंज, ०१ मंसिर । वीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहको विशेष निर्देशनमा वी.म.न.पा.–१३ (साविक वडा नं. १६) मा अवस्थित सि.नं. ११३-०७ तथा कि.नं. २७ को सरकारी जग्गा र सो जग्गामा बनेको घर आज औपचारिक रूपमा खाली गराई महानगरपालिकाको नियन्त्रणमा लिइएको छ।

उक्त जग्गासम्बन्धी मुद्दा नं. ०७३–CR–0008 मा पर्सा जिल्ला अदालतले मिति २०७६-०२-१९ मा गरेको फैसला र भूमि सुधार तथा मालपोत कार्यालय पर्साले मिति २०८१-०५-३० मा दर्ता–खारेज (हा.सा.) सहित गरेको निर्णयले सो सम्पत्ति नेपाल सरकारको नाममा कायम भइसकेको थियो। यसै आधारमा महानगरपालिकाले मिति २०८२-०७-१७ का दिन प.सं. २०८२-०८३, च.नं. २१८६ मार्फत सात दिनभित्र घर–जग्गा खाली गर्न आग्रह गर्दै सूचना प्रकाशन गरेको थियो।

उक्त सूचनाअनुसार आज ताहा १३ का स्थानीय भद्रभलाद्मी, सो क्षेत्रका वडावासी तथा नेपाल प्रहरीले प्रत्यक्ष उपस्थितिमा मिति २०८२-०८-०१ गते अतिक्रमण हटाउने कार्य सम्पन्न गरियो। भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समिति संयोजक प्रदीप कुमार चौरसिया, नगर प्रमुख सल्लाहकार हरि प्रसाद पोखरेल, नगर प्रहरी प्रमुख हरि भुसाल लगायतको सक्रिय पहलमा अतिक्रमित घर–जग्गा खाली गराई महानगरपालिकाले नियन्त्रणमा लिएको हो।

वीरगंज महानगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियान निरन्तर रूपमा अघि बढाइने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल