spot_img

19 February ,2026,Thursday

स्वास्थ्य कार्यालय पर्साद्वारा आयोजित दुई दिने वार्षिक समिक्षा गोष्ठी सम्पन्न

वीरगंज ०१ मंसिर । स्वास्थ्य कार्यालय पर्साद्वारा आयोजित दुई दिने वार्षिक समिक्षा गोष्ठीको दोस्रो दिन सोमबार सफलतापूर्वक सम्पन्न भएको छ ।

वीरगंज स्थित क्लासिक बन्केट होटलमा आर्थिक वर्ष २०८१/८२ का स्वास्थ्य कार्यक्रमहरूको समिक्षा, उपलब्धि मूल्यांकन तथा आगामी वर्षका कार्यदिशा तय गर्ने उद्देश्यले आयोजना गरिएको गोष्ठी स्वास्थ्य कार्यालय पर्साका कार्यालय प्रमुख विनोद झाको अध्यक्षतामा सम्पन्न भयो ।

गोष्ठीको दोस्रो दिन विभिन्न सत्रहरूमा मातृ–शिशु स्वास्थ्य, खोप कार्यक्रम, सरुवा रोग नियन्त्रण, गैर–सञ्चारी रोग व्यवस्थापन, पोषण, तथा समुदायस्तरका कार्यक्रमहरूको विस्तृत प्रगति विवरण प्रस्तुत गरिएको थियो । समीक्षा प्रस्तुतीकरण सँगै स्वास्थ्य सेवाको पहुँच, सेवा गुणस्तर, जनचेतना अभिवृद्धि र आगामी वर्षका प्राथमिकताहरूबारे प्राविधिक तथा प्रशासनिक दुवै तहबाट महत्वपूर्ण सुझावहरू राखिएका थिए ।

वार्षिक समिक्षा गोष्ठीमा पालिकाहरूको वार्षिक कार्यसम्पादन मूल्यांकनका आधारमा १४ वटै स्थानीय तहलाई वर्गीकृत गरिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

 सो मूल्यांकनमा ठोरी गाउँपालिका प्रथम स्थानमा, जगरनाथपुर गाउँपालिका दोस्रो स्थानमा, वीरगंज महानगरपालिका तेस्रो स्थानमा, सखुवाप्रसौनी गाउँपालिका चौथो स्थानमा, पोखरिया नगरपालिका पाँचौ स्थानमा, पटेर्वा सुगौली गाउँपालिका छैठो स्थानमा, जिराभवानी गाउँपालिका सातौ स्थानमा, छिपहरमाई गाउँपालिक आठौ स्थानमा, बहुदरमाई नगरपालिका नवौ स्थानमा, पर्सागढी नगरपालिका दशौ स्थानमा, बिन्दवासिनी गाउँपालिका एघारौं स्थानमा, पकाहाँ मैनपुर बाह्रौ स्थानमा, धोबिनी गाउँपालिका तेह्रौ स्थानमा र कालिकामाई गाउँपालिका चौधौ स्थान पाएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

स्वास्थ्य कार्यक्रममा सहयोग पुर्याएका NGO/INGO हरूलाई “मायाको चिनो” प्रदान गरिएको थियो । त्यस्तै, स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज चन्द्र न्यौपाने, अतिथिहरुमा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, जगरनाथपुर गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत सन्देश कुमार यादव लगायत सरोकारवालाहरूको उल्लेखनिय उपस्थिति रहेको थियो ।
समापन सत्रमा वक्ताहरूले आफ्नो–आफ्नो मन्तव्य राख्दै स्वास्थ्य क्षेत्र सुधारका लागि आवश्यक समन्वय, स्रोत अभिवृद्धि र परिणाममुखी कदमहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यालय प्रमुख श्री विनोद झाले समापन मन्तव्य दिँदै “दुई दिने वार्षिक समिक्षा गोष्ठीले आगामी वर्षका लागि अझ स्पष्ट र प्रभावकारी रणनीति बनाउन सहयोग पुर्याएको बताए ।

  सबैको सामुहिक प्रयासकै कारण पर्सा जिल्ला स्वास्थ्य सूचकमा निरन्तर उत्कृष्ट हुन सफल भएको छ ।” यस सँगै दुई दिने समीक्षा गोष्ठी सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरले गरेका थिए ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल