अभिलाष गुप्ता
वीरगंज ०२ मंसिर । उपकार सेवा नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ठोरी गाउँपालिका–१, भगवाननगरमा अवस्थित वृद्ध–वृद्धा तथा अपाङ्ग आश्रममा यस महिनासमेत आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको छ। आश्रममा आश्रित १८ जना अपाङ्ग, सुस्त मानसिक अवस्था भएका नागरिक, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकाहरूका लागि संस्थाले नियमित रूपमा राहत सामग्री वितरण गर्दै आएको छ।
यस महिनाको वितरण कार्यक्रममा चामल, दाल, खानेतेल, नून, बिस्कुट, मसुर तथा मुङ दाल, चना, स्वाबिन, अचार, सर्फ, लुगाधुने साबुन, नुहाउने साबुन, डाइपर, बेसार, धनिया, खुर्सानी मसला लगायतका दैनिक आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको थियो।
आश्रमका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई एक सरल कार्यक्रममार्फत सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारूले संयुक्त रूपमा थिङलाई सामग्री बुझाइअनुभयो।
उपकार सेवा नेपालले आश्रमलाई हरेक महिना नियमित रूपमा खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गर्दै आएको संस्थाले जनाएको छ। संस्थाको निरन्तर सहयोगले आश्रममा बसोबास गर्ने वृद्ध–वृद्धा तथा सेवा आवश्यक व्यक्तिहरूको दैनिक जीवन सहज हुने विश्वास व्यक्त गरिएको छ।



