19 November ,2025,Wednesday

नापी कार्यालय वीरगंजका सर्वेक्षकसहित दुई जना घुस रकमसहित पक्राउ

वीरगंज, ०२ मंसिर । नापी कार्यालय वीरगंजमा कार्यरत सर्वेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय एक लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ परेका छन्।

छुट्टै जग्गा दर्ता गरिदिने बहानामा सेवाग्राहीसँग लगातार घुस रकम माग भइरहेको भन्ने उजुरी प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले आदर्शनगरस्थित पानी ट्याङ्की नजिक रहेको नापी कार्यालय पर्सा १, २, ३ नं. नापी टोलीको कार्यालयमा निगरानी राख्दै दुवै जनालाई रंगेहात समातेको हो।

आयोगका अनुसार पक्राउ परेकाहरूले सेवाग्राहीबाट मागअनुसारको रकम भुक्तान भएको समयमा रु. १,००,००० (एक लाख रुपैयाँ) घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

उनीहरूलाई मिति २०८२।०८।०२ गते मङगलबारको दिन नियन्त्रणमा लिएर आवश्यक बयान तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...