spot_img

19 February ,2026,Thursday

इन्टर–कलेज वाद–विवाद प्रतियोगिता: चयन चरणमा मदिना खातुन र लक्की अन्सारी विजेता

अभिलाष गुप्ता

वीरगंज, ०३ मंसिर । इन्टर कलेज वाद–विवाद प्रतियोगिता अन्तर्गत आज लायन्स क्लब बिरगंज परिवार, लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज मेट्रो सिटी, लायन्स क्लब वीरगंज फ्रेन्डजोन, लायन्स क्लब वीरगंज कुटुम्ब तथा लायन्स क्लब वीरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा वाद–विवाद प्रतियोगिताको छनोट चरण सम्पन्न भयो।

 

वीरगंजको हेरिटेज पब्लिक कलेज +2  मा सम्पन्न उक्त चयन प्रतियोगितामा ४ जना महिला विद्यार्थी र ४ जना पुरुष विद्यार्थीहरूको सहभागिता रहेको थियो। “डिजिटल युगमा सामाजिक सञ्जाल स् युवावर्गमा प्रेरणा कि मानसिक तनाव ?” विषयमा भएका बहस तथा प्रस्तुतीकरणहरूबाट छात्रा मदिना खातुन र छात्र लक्की अन्सारी विजेता घोषित भए। दुबै समूहबाट एक–एक जना फाइनल राउन्डका लागि छनोट गरिएको आयोजकले जानकारी दिएको छ।कार्यक्रमको अध्यक्षता लायन्स क्लब वीरगंज मेट्रो सिटीका अध्यक्ष लायन उमेश गुप्ता ज्युले गर्नुभएको थियो। प्रमुख अतिथिमा उद्योग वाणिज्य संघका मनोज उपाध्याय ज्यु उपस्थित रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिमा डिस्टिक्ट एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना, रिजन चेयर पर्सन लायन सन्दिप गुप्ता कानु, रिजन चेयर पर्सन लायन सन्जिता प्याकुरेल, लायन्स परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, सेन्ट्रल सिटीका अध्यक्ष लायन सुशिला साह, कुटुम्बका अध्यक्ष लायन रचना प्याकुरेल, फ्रेन्ड जोनका अध्यक्ष लायन सर्वन साह तथा एक्सिलेन्सका जोन चेयर पर्सन लायन मनोज उपाध्याय लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कलेजका चेयरम्यान तथा प्रिन्सिपल मंगेश यादवसहित विद्यार्थीहरूको उच्च सहभागितामा कार्यक्रम भव्यरूपले सम्पन्न गरिएको आयोजक संस्थाहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल