19 November ,2025,Wednesday

सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित ग-यो

काठमाडौँ, ३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गरेको छ । सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित ग-यो ।

जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६ दशमलव ५ ओभरमा ११८ रनमा अलआउट भयो । काठमाडौँका आकाश त्रिपाठीले सर्वाधिक ३४,जोन सिम्पसोनले २४ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका लागि बलिङमा हर्मित सिंह, हेमन्त धामी र स्कट कुइगलेनले २-२ विकेट हात पारे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको हो ।

सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए । उनले २० बलमा  बलमै २ चौका र ६ छक्काको सहयोगमामा अर्धसतक बनाए ।

त्यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए । आसिफ शेखले २५ रन जोडे भने इसान पाण्डेले ११ रन जोड्दै आउट भए ।

बलिङतर्फ काठमाडौँका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले समान दुई÷दुई विकेट लिए । जीतसँगै सुदूरपश्चिमले २ अङ्क जोडेको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...