20 November ,2025,Thursday

कल्याण ज्वेलर्सको आयोजनामा वीरगंजका पाँच पत्रकार सम्मानित

रक्सौल, पूर्वी चम्पारण ०४ मंसिर । भारतको रक्सौलस्थित लक्ष्मीपुर, पंकज सिनेमाहल नजिक रहेको कल्याण ज्वेलर्सद्वारा बुधबारका दिन एक विशेष कार्यक्रमको आयोजना गरि वीरगंजका पाँच जना पत्रकारलाई सम्मान गरिएको थियोे।

पत्रकारिता मार्फत समाजमा सूचना, जनचेतना र जिम्मेवारीपूर्वक योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। सो सम्मान कार्यक्रम कल्याण ज्वेलर्सको आयोजनामा सम्पन्न भएको हो।

सम्मानित पत्रकारहरूमा ईदैनिक जागरण डट कमका सञ्चालक राजन कुमार सिंह, देश मधेश डट कमका सञ्चालक अभिलाष गुप्ता, नेपाल न्यूज खबरका सञ्चालक पवन प्रसाद साह कानु, दैनिक वीरगंज खबरका सञ्चालक बिकास गुप्ता, तहलका खबरका स्वादाता राजु रौनियार रहेका छन्। पत्रकारहरूको योगदानलाई मध्यनजर गर्दै उनीहरूलाई नगद सहित पुरस्कार पनि प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि भाजपा महिला मोर्चाकी माहामन्त्ती तथा समाजसेवी पार्वती तिवारी रहनुभएको थियो।त्यसैगरी विशिष्ट अतिथिका रुपमा लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी एवं समाजिक अभियन्ता विमल सर्राफ उपस्थित रहनु भएका थिए।

कार्यक्रम कल्याण ज्वेलर्सका अरविन्द सर्राफको अध्यक्षतामा सम्पन्न भएको थियो।अध्यक्ष सर्राफले वीरगंजका पत्रकारहरूप्रति विशेष आभार व्यक्त गर्दै भने “वीरगंजका पत्रकार साथीहरूको सहयोगले नै आज हाम्रो व्यवसायमा ८०% नेपाली ग्राहकको आवागमन कायम छ। पत्रकारहरूको योगदान अत्यन्तै सराहनीय छ।” कल्याण ज्वेलर्सले १००% होलमार्क युक्त विभिन्न स्किम र योजना सहित उच्च गुणस्तरका गहनाहरू उपलब्ध गराउँदै आएको जानकारी दिंदै, सर्राफले पत्रकारहरू समाजका ऐना भएको बताउँदै भविष्यमा पनि यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताए।

कार्यक्रममा नेपाल–भारत क्षेत्रका पत्रकार, महिला मोर्चाका सदस्य तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...