अभिलाष गुप्ता
वीरगंज, ०४ मंसिर । वीरगंज महानगरपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर एवं जिल्ला प्रहरी कार्यालय पर्साको सहकार्यमा सीमा सुरक्षा बिट निर्माण कार्यको शिलान्यास गरिएको छ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राजेशमान सिंह उपस्थित थिए। विशेष अतिथिमा जिल्ला प्रशासन कार्यालयका प्रमुख सिडियो भोला दहाल,जिल्ला प्रहरी कार्यालय पर्साकाडीएसपी राजु कार्की,ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युबराज कटवाल,सरसफाई महाशाखाका सर्फुदिन मिया, महानगरपालीकाको नगर प्रहरी प्रमुख हरि भुसाल,सशस्त्र प्रहरी बल नं.१३ गण हेडक्वार्टरका प्रमुख पुरन चन्द्र भट्ट र वीरगंज भन्सारका डीएसपी पुरुषोत्तम भण्डारी,नेपाल इनोभेटिभ सोसाइटी बिरगंजका अध्यक्ष कमल चौगाई लगाएतका विशिष्ट ब्यक्तीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रममा महानगरका पदाधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सञ्चारकर्मी, नागरिक समाज तथा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
बीरगंज वडा नं.१६ स्थित मिलेरी पुल नजिक निर्माण हुन लागेको उक्त सीमा सुरक्षा बिटले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले वीरगंज जस्तो सीमावर्ती सहरमा सुरक्षाका पूर्वाधार अपरिहार्य रहेको उल्लेख गरे। उनले सीमा सुरक्षा बिट निर्माणले अवैध क्रियाकलाप नियन्त्रण, सुरक्षा संयन्त्रको प्रभावकारिता वृद्धि तथा स्थानीयबासीको सुरक्षा सुनिश्चिततामा टेवा पुग्ने बताएका थिए।



