21 November ,2025,Friday

मनुष्य स्वयं आफ्नो भाग्यको निर्माता हो : बिमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण ०५ मंसिर । जो मानिस आफ्नो खुट्टामा उभिएर अघि बढ्ने निर्णय गर्छ, त्यसका कदमहरूलाई कसैले रोक्न सक्दैन। यदि हामी पूर्ण रूपमा निराशाबाट बच्न चाहन्छौँ भने कसैको भर पर्न छाड्नुपर्छ—यही संसारको ठोस सत्य हो। यही विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी एवं सामाजिक कार्यकर्ता लायन बिमल सर्राफले सञ्चारकर्मीहरूसँग साझा गरेका हुन्।

उनका अनुसार मनुष्य आफैँ आफ्नै भाग्यको निर्माता हो। उसले चाहे उत्कर्षको मार्ग रोज्न सक्छ, चाहे पतनलाई अंगाल्न सक्छ। परिस्थितिलाई दोष दिनु व्यर्थ छ, किनभने परिस्थितिहरू त मनःस्थितिअनुसार बदलिदै जाने वस्तु हुन्। जबसम्म हामी अरूमा निर्भर छौँ, तबसम्म हाम्रो चेतना पूर्ण स्वतन्त्र हुन सक्दैन र हामी आफ्नो दैवी उद्देश्य पूरा गर्न तयार पनि हुँदैनौँ। यस्तो अवस्थामा जीवनले आफ्नो वास्तविक उचाइ प्राप्त गर्नसक्दैन। यही आत्मकल्याणको मुलमन्त्र हो। जसले यसलाई बुझ्छ, उसलाई फेरि भटकन परेको पर्दैन—उसको आत्मा आफैँ लक्ष्यअनुकूल मार्गमा अघि बढ्न थाल्छ।

जबसम्म मानिस संसारका जन्जालमा मात्र उल्झिइरहन्छ, उसले जीवनको वास्तविक मार्ग देख्न सक्दैन। उसले यो धर्तिमा आउँदा प्राप्त गरेको दैवी सौभाग्यको अनुभूति पनि गर्न सक्दैन। तर जब मानिस आत्मनिर्भर बन्दै अगाडि बढ्न थाल्छ, सकारात्मक मानसिकता विकसित हुन्छ, जीवनमा नयाँ आशा र उत्साहले संचार गर्छ। असफलतालाई सफलता बनाउने यो एक सुनिश्चित राजमार्ग हो, जसलाई अपनाउने कुनै पनि व्यक्ति मनचाही उपलब्धिको अधिकारी बन्न सक्छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...