25 June ,2026,Thursday

सामुदायिक प्रहरी सेवा कुम्हालटोलद्वारा वडा प्रहरी प्रमुखसंग परिचयात्मक कार्यक्रम सम्पन्न, वडा अध्यक्ष चौरसियाले दिए समुदाय–प्रहरी समन्वय मजबुत बनाउन सुझाव

अभिलाष गुप्ता

वीरगंज, ०५ मंसिर । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलद्वारा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदीसँग कुम्हालटोलस्थित भवनमा आयोजित परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया रहे भने कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरीले गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव श्रवन बहादुर रायमाझीले गरेका थिए।

कार्यक्रमको मुख्य उद्देश्य स्थानीय समुदायसँग प्रहरीबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने, सुरक्षा चुनौतीहरूबारे प्रत्यक्ष संवाद स्थापित गर्ने र नयाँ प्रहरीले जिम्मेवारी सम्हालेपछि समुदायसँग नजिकबाट परिचय गराउनु रहेको आयोजकले जनाएको छ।

वडा अध्यक्ष प्रदिप चौरसियाले कार्यक्रममा आफ्नो भनाइ व्यक्त गर्दै भने सुरक्षा, शान्ति र अनुशासन कायम गर्न समुदाय स्वयं सक्रिय हुनु आवश्यक छ। प्रहरीसँग हातेमालो गरेर काम गर्दा मात्र वडा सुरक्षित र अपराधमुक्त बन्छ। कुम्हालटोलमा सक्रिय समुदायिक प्रहरी संरचना हुनु हाम्रो लागि गर्वको विषय हो।

उहाँले प्रहरी–समुदायको नियमित अन्तरक्रिया, सुरक्षासम्बन्धी जनचेतना, विद्यालयस्तरीय सचेतना तथा स्थानीय समस्या प्राथमिकतामा राखेर समाधान गर्न जोड दिए।

त्यसैगरी प्रहरी निरीक्षक बिक्रम सुबेदीले समुदायलाई २४ सै घण्टा सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै भने म समुदायका प्रत्येक नागरिकको सुरक्षाका लागि अहोरात्र खटिन तयार छु। कुनै पनि समस्या, सूचना वा गुनासो आए तुरुन्तै प्रहरीलाई जानकारी गराउन आग्रह गर्दछु। समुदायकै सहकार्य बिना सुरक्षा सम्भव हुँदैन।

कार्यक्रममा समाजसेवी, सामाजिक अगुवाहरू, सञ्चारकर्मी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा आजीवन सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी कंचनझंडा स्कुलका निर्देशक माटिन मोक्तान, मुनलाइट स्कुलका सञ्चालक श्याम केसी, ज्ञानमाया रायमाझी, तारा बिष्ट, सुशील बर्नवाल, नन्दलाल अहिर लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीले व्यक्त गरेका थिए। साथै वडा सदस्य सन्जु दहाल तथा मनोज साहको पनि विशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...