2 December ,2025,Tuesday

वीरगंज स्कूल्स कपः बाल एकता र ग्रीन ल्यान्ड फाइनलमा भिड्दै

वीरगंज, १६ मंसिर । वीरगंज स्कूल्स कप अन्तर्गत शुक्रवार भएका सेमिफाइनलका दुवै खेलमा बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूल र ग्रीन ल्यान्ड सेकेन्डरी स्कूल फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको बाल एकता सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूलले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२४ रनको स्कोर बनाएको थियो ।
प्रतिउत्तरमा विद्या साधन सेकेन्डरी स्कूल १४.३ ओभरमै ४९ रनमा समेटियो । बाल एकताले ७५ रनको फराकिलो अन्तरले जीत दर्ता गर्दै उपाधि प्रतिस्पर्धाको यात्रा तय गरेको छ । प्रतियोगिताको म्यान अफ द म्याच मनिभुषण यादव भए, उनले ३१ रन लिएका थिए।
दोस्रो सेमिफाइनलमा साउथ जोन सेकेन्डरी स्कूलले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १०९ रन बनायो । ग्रीन ल्यान्ड सेकेन्डरी स्कूलले १९ ओभरमै ७ विकेटको क्षतिमा ११० रन बनाउँदै ३ विकेटले जीत हात पार्याे ।
यस प्रतियोगिताको म्यान अफ द म्याच सोहेब शेख भए, उनले ३१ रन ३ विकेट लिएका थिए। अब उपाधिका लागि बाल एकता  र ग्रीन ल्यान्ड सेकेन्डरी स्कूल भिड्नेछन । फाइनल खेलः बुधवार बिहान १० बजेदेखि  स्थान नारायणी क्रिकेट ग्राउन्ड वीरगंजमा हुनेछ । विद्या साधन सेकेन्डरी स्कूलद्वारा आयोजना गरिएको भिएस पावरप्ले टि २० चैलेन्ज अन्तर्गत बुधवार फाइनल खेल हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...