27 June ,2026,Saturday

लेफ्टिनेन्ट कर्णल लोकेन्द्र कार्कीद्वारा विद्यार्थीलाई प्रेरणादायी प्रशिक्षण

अभिलाष गुप्ता

वीरगंज, १४ चैत्र । वीरगंज महानगरपालिका–९, रानिघाटस्थित BPS +2 College द्वारा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘Motivational Training Program 2082’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्जको होटल विश्वामा आयोजना गरिएको थियो।

BPS +2 College का Academic Director दिपक पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल आर्मी, श्री जंग गण वीरगंजका प्रमुख सेनानी लेफ्टिनेन्ट कर्णल लोकेन्द्र कार्कीको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिका रूपमा नेपाल राष्ट्र बैंक, वीरगञ्ज शाखाका प्रमुख सुशील पौडेल सहभागी भएका थिए।

कार्यक्रममा प्रमुख अतिथि लेफ्टिनेन्ट कर्णल लोकेन्द्र कार्कीले विद्यार्थीहरूलाई प्रेरणादायी प्रशिक्षण दिँदै जीवनमा अनुशासन, लक्ष्य निर्धारण र सकारात्मक सोचको महत्वबारे प्रकाश पारेका थिए। साथै, अर्का प्रशिक्षक सन्तोष कुमार कर्णले पनि विद्यार्थीहरूलाई आत्मविश्वास अभिवृद्धि र सफलताको मार्गबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रमको सुरुवात विद्यार्थीहरूद्वारा प्रस्तुत स्वागत नृत्यबाट गरिएको थियो भने स्वागत मन्तव्य BPS +2 College का निर्देशक राजेन्द्र चौधरीले व्यक्त गरेका थिए। त्यसैगरी, कलेज तथा कार्यक्रमको उद्देश्यबारे जानकारी सन्दिप कुशवाहाले गराएका थिए।

उक्त कार्यक्रममा Principal प्रभात मेहता सहित लालबाबु चौरसिया, अनिल वर्णवाल, हरिन्द्र कुशवाहा, विशेष द्विवेदी, आकाश पटेल, रवि यादव, दिपेन्द्र कानु, दिपक खत्री, शुभम तुल्स्यान, रेश्मा पटेल, सदीक्षा सुवेदी, अंगद यादव, राजेश्वर पटेल, विरेन्द्र केशरी, लालबाबु सिंह लगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रमले उनीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता तथा सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...