spot_img

10 February ,2026,Tuesday

ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल वीरगंज स्कुल्स कप २०८२– भीएस पावरप्ले टी–२० च्यालेन्जको उपाधि विजेता

अभिलाष गुप्ता

 वीरगंज, १७ मंसिर । भीएस पावरप्ले टी–२० च्यालेन्ज वीरगन्ज स्कुल्स कप २०८२ अन्तर्गत आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा ग्रीन ल्याण्ड सेकेन्डरी स्कुलले बाल एकता सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुललाई १ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको बाल एकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०४ रन बनायो। लक्ष्यको पछि लागेको ग्रीन ल्याण्डले सुरुवातदेखि नै दवावपूर्ण स्थितिमा उत्कृष्ट प्रदर्शन गर्दै १६.४ ओभरमा ९ विकेटको क्षतिमा १०५ रन जोड्दै खेल रोमाञ्चक रुपमा जित्न सफल भयो।फाइनल खेलमा ग्रीन ल्याण्डका सोहेब शेखले २३ रनसहित १ विकेट लिँदै महत्वपूर्ण योगदान दिए। उनको उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई म्यान अफ द म्याच घोषित गरियो।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई, पर्साका उप–सचिव तथा इकाइ प्रमुख मोती प्रसाद भट्टराई रहेका थिए।
साथै, पाब्सन केन्द्रीय समितिका सदस्य छेडुप लामा, कुसानका उपाध्यक्ष बसु कर्ण, पत्रकार अभिलाष गुप्ता, शिक्षा विकास तथा समन्वय इकाइका उप–प्रमुख गोपाल जी साहलगायतको उपस्थितिमा विभिन्न पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।

अन्य उत्कृष्टता पुरस्कार विजेताहरू श्रेष्ठ ब्याटर : रोहित शाह – बाल एकता सेकेन्डरी स्कुल (८९ रन),श्रेष्ठ बलर : सोहेब शेख – ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल (१०.२ ओभरमा १० विकेट),टुर्नामेन्ट अफ द सिरिज : सोहेब शेख – ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल (१० विकेट, ७३ रन),श्रेष्ठ विकेटकिपर : समीर हवारी – ग्रीन ल्याण्ड सेकेन्डरी स्कुल,श्रेष्ठ फिल्डर : आदित्य यादव – बाल एकता इङ्लिश बोर्डिङ स्कुल,उदीयमान खेलाडी : राहुल यादव – ३ खेलमा ८ विकेट (मात्र ११ वर्ष),श्रेष्ठ अल–राउन्डर : मिस्बाबुल अन्सारी – साउथ जोन सेकेन्डरी स्कुल (५० रन, ६ विकेट)यसैगरी फेयर–प्ले टिम अफ द टुर्नामेन्टको उपाधि साउथ जोन सेकेन्डरी स्कुलले प्राप्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल