अभिलाष गुप्ता
वीरगंज, ४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको प्याब्सन छात्रा तथा जुनियर छात्र नकआउट क्रिकेट प्रतियोगितामा रोमाञ्चक पाँच खेल सम्पन्न भएका छन् । प्याब्सन वीरगंजका अनुसार विद्यार्थीहरूमा खेलकुद भावना विकास गर्नुका साथै शारीरिक र मानसिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना सचिव अमित आलोकले जानकारी दिए ।

पहिलो खेल छात्रा तर्फ माउन्ट एडमन्ड र जीवन ज्योति स्कुलबीच भएको खेलमा माउन्ट एडमन्ड ९ विकेटले विजयी भयो। उत्कृष्ट प्रदर्शन गरेकी स्मृति कुमारी भुलम प्लेयर अफ दि म्याच घोषित भइन्।दोस्रो खेल जुनियर छात्र तर्फ अल्पाइन र माउन्ट मकालुबीचको प्रतिस्पर्धामा अल्पाइनले २९ रनको स्पष्ट जित निकालेको छ । अल्पाइनका अजद आलम प्लेयर अफ दि म्याच बने।तेस्रो खेल छात्रा तर्फ गौतम र गुरुकुलबीचको खेलमा गौतम स्कुलले ६० रनको फराकिलो जित हात पार्यो । गौतमकी श्रेष्का बस्नेत उत्कृष्ट खेलाडी घोषित भइन् ।

चौथो खेल छात्रा तर्फ अल्पाइन र एसआर ग्यालेक्सीबीच भएको खेलमा एसआर ग्यालेक्सीले ५ विकेटको जित दर्ता गर्यो । यस खेलमा रागनी कुशवाहा प्लेयर अफ दि म्याच बनिन् ।पाँचौं खेल जुनियर छात्र तर्फ गौतम र गोल्डेन फ्युचरबीचको खेलमा गोल्डेन फ्युचरले ७ विकेटको जित हासिल गर्यो। गोल्डेन फ्युचरका रेहान अन्सारी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमै क्रिकेटप्रतिको रुचि बढाउनुका साथै विद्यार्थीहरूबीच अनुशासन, टिमवर्क र प्रतिस्पर्धात्मक भावना विकास गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका बाँकी खेलहरू आगामी दिनमा निरन्तर सञ्चालन हुने प्याब्सन वीरगंजले जनाएको छ ।



