22 December ,2025,Monday

प्याब्सन वीरगंज अन्तर विद्यालय टी–१० क्रिकेट प्रतियोगिता: पाँचौँ दिन पाँच रोमाञ्चक खेल सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ६ पुस । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा जारी दोस्रो संस्करणको अन्तर विद्यालय टी–१० क्रिकेट प्रतियोगितामा आइतबार पाँचौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन् । आदर्शनगर रङ्गशालामा सम्पन्न खेलहरूमा केटा तथा केटी दुवै तर्फका विद्यालय टोलीहरूले दमदार प्रदर्शन गर्दै दर्शकहरूको उत्साह बढाएका थिए ।पाँचौँ दिनको सुरुवात केटी तर्फ विकन स्कुल र रोयल एकेडेमी बीचको प्रतिस्पर्धाबाट भएको थियो । कडा टक्करबीच सम्पन्न खेलमा विकन स्कुलले रोयल एकेडेमीलाई ३ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गर्‍यो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेकी रोशिका बस्नेत ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

त्यसपछि केटा तर्फ साउथजोन र न्यु वेभबीचको खेल सम्पन्न भयो । साउथजोनले आक्रामक तथा सन्तुलित खेल प्रस्तुत गर्दै न्यु वेभलाई २८ रनले पराजित गर्‍यो । यस खेलमा नितेश पटेल ‘प्लेयर अफ द म्याच’ बने ।

तेस्रो खेल केटी तर्फ गोल्डेन फ्युचर र मुनलाइटबीच भएको थियो । मुनलाइटले उत्कृष्ट ब्याटिङ तथा बलिङ प्रदर्शन गर्दै गोल्डेन फ्युचरलाई ३४ रनले हरायो । उक्त खेलकी उत्कृष्ट खेलाडी मुस्कान गुप्ता घोषित भइन् ।

चौथो खेल केटा तर्फ लिटिल फ्लावर र श्री आदर्शबीच सम्पन्न भयो। लिटिल फ्लावरले सशक्त प्रदर्शन गर्दै ७ विकेटको सहज जित हात पार्‍यो । अभि कुमार यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए ।पाँचौँ दिनको अन्तिम खेल केटी तर्फ चिल्ड्रेन्स वर्ल्ड र मास्कट एकेडेमी बीच भएको थियो । चिल्ड्रेन्स वर्ल्डले मास्कट एकेडेमीलाई २६ रनले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो । यस खेलमा चन्दनी साह ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । आयोजक प्याब्सन वीरगंजका अनुसार प्रतियोगितामा सहभागी विद्यालयहरू बीचको प्रतिस्पर्धा दिनप्रतिदिन थप रोमाञ्चक बन्दै गएको छ । प्रतियोगिता आगामी दिनहरूमा पनि निरन्तर जारी रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल