14 January ,2026,Wednesday

१० औँ राष्ट्रिय खेलकुदका लागि मधेशमा खेलाडी दर्ता फारम शुरु, पौष ३० देखि माघ १० सम्म फारम संकलन

वीरगंज, २९ पुष । मधेश प्रदेशको खेलकुद विकासलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजना हुन गइरहेको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेश प्रदेश अन्तर्गतका खेलाडीहरूको नयाँ दर्ता प्रक्रिया सुरु हुने भएको छ।

खेलकुद तथा समाज कल्याण मन्त्री माननीय इञ्जिनियर बसन्त कुमार कुशवाहाको अध्यक्षतामा २०८२ साल पौष २८ गते बसेको मधेश खेलकुद परिषद्‌को तेस्रो बोर्ड बैठकको निर्णयअनुसार खेलाडी दर्ता प्रक्रिया अघि बढाइएको हो।

मधेश खेलकुद परिषद् पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक कुमार साह कानुद्वारा जारी सूचनाअनुसार, २०८२ साल पौष ३० गतेदेखि माघ १० गतेसम्म १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता का लागि नयाँ खेलाडी दर्ता फाराम संकलन गरिनेछ।

“खेली मधेश, जिती मधेश” भन्ने मूल नारालाई आत्मसात गर्दै सञ्चालन हुन लागेको यस दर्ता प्रक्रियाको मुख्य उद्देश्य प्रदेशस्तरबाट उत्कृष्ट तथा प्रतिभावान खेलाडी छनोट गर्नु रहेको छ। यसमार्फत मधेश प्रदेशका उदाउँदा खेलाडीहरूलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त हुने विश्वास गरिएको छ।

मधेश खेलकुद परिषद्, जनकपुरधामले सबै जिल्ला खेलकुद विकास समिति, खेल संघ–संस्था तथा सम्बन्धित निकायलाई आ–आफ्नो क्षेत्रबाट योग्य खेलाडीहरूको दर्ता प्रक्रिया तोकिएको समयभित्र सम्पन्न गर्न आग्रह गरेको छ।

खेलकुद क्षेत्रको संस्थागत विकास, खेलाडीको पहिचान तथा प्रदेशको गौरव अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानले मधेश प्रदेशको खेलकुद यात्रामा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल