spot_img

13 March ,2026,Friday

डी.ए.भी. आर.बी. केडिया स्कूलद्वारा चौथो संस्करणको शंकरलाल केडिया मेमोरियल अन्तर–विद्यालय फुटबल प्रतियोगिता आयोजना हुँदै

अभिलाष गुप्ता

वीरगंज, ०१ माघ । विद्यार्थीहरूमा खेल भावना, अनुशासन तथा आपसी एकता अभिवृद्धि गर्ने उद्देश्यका साथ डी.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जले चौथो संस्करणको “स्वर्गीय श्री शंकरलाल केडियाको ९० औँ जन्म जयन्तीको स्मृतिमा शंकरलाल केडिया मेमोरियल अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०२६” आयोजना गर्ने भएको छ। प्रतियोगितामा वीरगञ्जका १४ वटा विद्यालय सहभागी हुनेछन्।

विद्यालय प्रशासनका अनुसार प्रतियोगिताको उद्घाटन माघ २ गते हुने छ भने समापन माघ १० गते गरिनेछ। प्रतियोगिता प्रत्येक दिन दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जानकारी विद्यालयका प्रधानाध्यापक राकेश मिश्रले दिनुभएको छ।

विद्यालयले खेलकुदलाई शिक्षाको अभिन्न अंगका रूपमा लिँदै यस्ता प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। यस प्रतियोगिता मार्फत विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धन हुनुका साथै नयाँ तथा प्रतिभावान खेलाडीहरूको पहिचान र प्रोत्साहन हुने अपेक्षा गरिएको छ।

प्रधानाध्यापक मिश्रका अनुसार, “यस प्रकारका खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई स्वस्थ प्रतिस्पर्धा, नेतृत्व क्षमता र अनुशासन सिकाउन मद्दत गर्छ।” उहाँले विभिन्न विद्यालयहरूको उल्लेखनीय सहभागिताले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयले खेलप्रेमी विद्यार्थी, अभिभावक तथा खेलकुद प्रेमीहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन समेत आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल