spot_img

23 January ,2026,Friday

वीरगंजमा दशौं प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिता शुरु

अभिलाष गुप्ता

वीरगंज, ०८ माघ । वीरगंजमा आजदेखि दशौं संस्करणको प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिता औपचारिक रूपमा शुरु भएको छ। वीरगन्जस्थित टीबी शाह क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष डा. उपेन्द्र महतोले गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. महतोले नेपालको बौद्धिकता पलायन रोक्न नेपालमै निजी क्षेत्रको लगानी आवश्यक रहेको बताए। निजी लगानी बिना कुनै पनि देश अघि बढ्न नसक्ने उल्लेख गर्दै उनले उच्च मनोबलका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे। “जब नेपालीहरूले देशमै रोजगारी पाउँछन्, शिक्षित र सक्षम बन्छन्, तब मात्र नेपालको शान विश्वमा उचो हुन्छ,” उनले भने।

प्याब्सन पर्साले बिहीबारदेखि आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन गर्दै उनले समृद्ध देश बनाउन निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए। नेपाल स्वच्छ, शिक्षित र स्वस्थ राष्ट्र बन्न पर्याप्त जनशक्ति स्रोत रहेको उल्लेख गर्दै त्यसको सही परिचालनमा जोड दिए। नेपालको शिक्षा प्रणाली राम्रो रहेको र नेपालीहरू इमान्दार तथा मेहनती भएको अनुभव सुनाउँदै आफू साधारण गाउँको विद्यालयबाट अध्ययन गरी विश्वका कुनै पनि विश्वविद्यालयमा कमजोर नभएको उदाहरण प्रस्तुत गरे।

डा. महतोले विद्यार्थीहरूलाई अध्ययनलाई प्राथमिकता दिँदै खेलकुद तथा अतिरिक्त क्रियाकलापबाट आत्मबल र आत्मसम्मान वृद्धि हुने भएकाले त्यसलाई निरन्तरता दिन आग्रह गरे। उद्घाटन समारोहमा विद्यार्थीहरूले प्रदर्शन गरेको ‘स्टप ब्रेन ड्रेन’ लेखिएको प्लेकार्डको प्रशंसा गर्दै उनले कठिन परिस्थितिमा पनि निजी लगानीबाट शिक्षाको स्तर उकास्न प्याब्सनले खेलेको भूमिकाको विशेष सराहना गरे।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवाष श्रेष्ठ, क्यानका सचिव रोशन सिंहलगायतले शुभकामना व्यक्त गरे। कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, परिषदका विज्ञ सल्लाहकार डा. हरिशंकर साह, मणी पाख्र्रिन, लालबहादुर पटेल, मधेस प्रदेश उपाध्यक्ष पुरन प्रधान, महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोकलगायतको उपस्थिति रहेको थियो।

क्रिकेट प्रतियोगितामा पर्सा प्याब्सनमा आवद्ध ४० वटा विद्यालयका खेलाडीहरूको सहभागिता रहेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए। साथै, प्याब्सनले माघ १० गतेदेखि प्याब्सन जुनियर फुटबल प्रतियोगिताको पनि आयोजना गर्ने जनाएको छ।

आजको उद्घाटन खेल गुरुकुल एकेडेमी र सेन्ट जेभियर्स स्कुलबीच भइरहेको छ। टस जितेर ब्याटिङ गरेको गुरुकुल एकेडेमी १० ओभर ३ बल खेल्दा २८ रनमै अलआउट भएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल