spot_img

25 January ,2026,Sunday

अन्तरविद्यालय खेलकुद प्रतियोगितामा क्रिकेट र फुटबलका प्रतिस्पर्धात्मक खेल सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ११ माघ । प्याब्सन पर्साको आयोजनामा जारी अन्तर विद्यालय क्रिकेट र फुटबल प्रतियोगिता अन्तर्गत सम्पन्न विभिन्न क्रिकेट तथा फुटबल खेलहरूमा विद्यालयस्तरीय खेलाडीहरूले उत्साहजनक र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरेका छन्। आज क्रिकेटतर्फ ३ र फुटबलका ४ खेल सम्पन्न भएका छन् ।

क्रिकेटतर्फ मुनलाईट स्कुलले मिनील्याण्डलाई ८४ रनले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो। टस जितेर ब्याटिङ गरेको मुनलाईटले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनायो भने जवाफमा मिनील्याण्ड पुरै ओभर खेल्दा पनि ६१ रनमै समेटियो। यस खेलमा ४५ रनको महत्वपूर्ण योगदान दिएका दिलराज यादव म्यान अफ द म्याच घोषित भए।

यस्तै, दोस्रो खेलमा फुर्कान एकेडेमी विजयी भयो । नेपाल काभेरीले टस जितेर ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो र उक्त लक्ष्य फुर्कान एकेडेमीले २ विकेटको क्षतिमा १२.२ ओभरमै पूरा गर्दै ८ विकेटको जित हात पार्‍यो।

तेस्रो खेलमा सेन्ट जेभियर्सले विजयी भएको छ । सेन्ट जेभियर्सले टस जितेर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १५२ रनको योगफल तयार गरेकोमा आचार्य एकेडेमी पुरै ओभर खेल्दा पनि ८४ रनमै सीमित रह्यो।

फुटबलतर्फ, गुरुकुल एकेडेमीले गोल्डेन फ्युचर माविविरुद्ध जित हात पार्‍यो । गोल्डेन फ्युचरका खेलाडीबाट भएको आत्मघाती गोल निर्णायक बन्यो र गुरुकुलका युहान राई म्यान अफ द म्याच बने। दोस्रो खेलमा ज्ञानदा एकेडेमीले नेपाल काभेरीलाई ३–२ ले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच ज्ञानदाका अनुरन्जन साह भए। तेस्रो खेलमा बिकन माविले बीरगन्ज पब्लिक ई स्कुललाई ८–० को फराकिलो अन्तरले पराजित गर्‍यो । बिकनका अंश थारु म्यान अफ द म्याच घोषित भए। त्यसैगरी चौथो र अन्तिम खेलमा साउथ जोनले डिएभीलाई ५–० ले पराजित गर्दै विजयी भयो । खेलको म्यान अफ द म्याच साउथ जोनका आयुष चौधरी घोषित भए। सोको जानकारी फुटबलखेलका संयोजक एवं प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साहले दिएकी थिईन।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल