28 July ,2026,Tuesday

नक्कली नेपाली नोट वीरगंज बजारमा देखिएपछि वीउवासंघको ध्यानाकर्षण

वीरगंज, १३ माघ । वीरगंज उद्योग वाणिज्य संघले मंगलवार प्रेस विज्ञप्ति जारी वीरगंज बजार क्षेत्रमा पछिल्लो समय फाटफुट रूपमा नक्कली नेपाली रुपियाँका नोटहरू देखिन थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष हरिप्रसाद गौतमले जारी गर्नुभएको विज्ञप्तिमा यस सम्बन्धमा समयमै सचेत नहुने हो भने भविष्यमा यसले गम्भीर तथा विकराल रूप लिन सक्ने सम्भावना रहेको जनाएको छ ।
विज्ञप्तिमा यस परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई नगद रुपियाँको कारोबार गर्दी विशेष सतर्कता अपनाई नोटहरू राम्ररी जाँच गरेर मात्र कारोवार गर्न अनुरोध गरिएको छ । साथै सम्भव भएसम्म नगद कारोबारको सट्टा विद्युतीय (डिजिटल) माध्यममार्फत कारोवार गर्न सबैमा आग्रह गरिएको छ ।
बैंक नोट कागज जस्तो चिप्लो लागेमा वा बैंक नोटको रङ्ग गाढा वा फिक्का जस्तो लागेमा वा सेतो ठूलो भाग प्रकाशतर्फ पारेर हेर्दा कोरेको जस्तो लालीगुराँस देखिएमा वा सुरक्षण धागो रङ्गले पोतेको, बाहिरबाट टाँसेको र सामान्यभन्दा फरक देखिएमा वा उठ्नुपर्ने भागहरू चिप्लो र सम्म भएको जस्तो लागेमा हेरेर, छामेर र ढल्काएर नोट असली वा नक्कली भनेर छुट्टयाउन सकिने भनि नेपाल राष्ट्र बैंकबाट जारी परिपत्रमा जनाइएको छ ।
नक्कली नोटको प्रयोगले आर्थिक अपराध वृद्धि हुनुका साथै व्यक्तिगत तथा संस्थागत क्षति हुन सक्ने भएकाले सबै पक्ष सचेत र जिम्मेवार बन्न हुन संघ यसै विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...