24 June ,2026,Wednesday

एटिमी फुलकन्ट्याक्ट करातेका बालबालिकाद्वारा गुरुको जन्मदिन मनाइयो

वीरगंज, १९ माघ ।  एटिमी फुलकन्ट्याक्ट कराते संघका राष्ट्रिय अध्यक्ष तथा कराते गुरु राजकुमार महतोको जन्मदिन सोमबार पर्सा जिल्लाको खेलकुद प्राङ्गणमा भव्य रूपमा मनाइएको छ।

कार्यक्रममा एटिमी फुलकन्ट्याक्ट करातेमा आबद्ध बालबालिकाहरूले केक काटेर, फूलमाला अर्पण गर्दै तथा शुभकामना व्यक्त गर्दै गुरुको जन्मदिन मनाएका थिए। सो अवसरमा कराते खेलको महत्व, अनुशासन र खेलकुदमार्फत बालबालिकाको शारीरिक तथा मानसिक विकासबारे पनि चर्चा गरिएको थियो।

कार्यक्रममा बोल्दै राष्ट्रिय अध्यक्ष महतोले बालबालिकाको उत्साह र माया देखेर आफू भावुक भएको बताए। उनले खेलकुदले अनुशासन, आत्मविश्वास र राष्ट्रप्रेम सिकाउने उल्लेख गर्दै आगामी दिनमा कराते खेलको प्रवर्द्धनका लागि थप मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय खेलप्रेमी, प्रशिक्षक तथा अभिभावक हरूको समेत उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले पर्सा जिल्लामा कराते खेलप्रति बढ्दो आकर्षणलाई उजागर गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...