spot_img

18 February ,2026,Wednesday

नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२: दोस्रो दिन तीन खेल सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०५ फागुन । आदर्शनगर खेल मैदानमा जारी NPABSAN प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत दोस्रो दिन म्याच नं. ३, ४ र ५ का खेलहरू सम्पन्न भएका छन्। प्रतिस्पर्धात्मक खेलमा जुनियर तथा ओपन समूहका टोलीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।

म्याच नं. ३ (जुनियर) मा ओएसिस स्कुलले टस जिती ब्याटिङ गर्दै ११.३ ओभरमा ८९ रन बनायो। जवाफमा लर्ड बुद्ध स्कुलले १३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ६ विकेटले जित दर्ता गर्‍यो। रोहन पटेल (४ विकेट तथा ४७ रन) म्यान अफ द म्याच घोषित भए।

म्याच नं. ४ (जुनियर) मा ज्ञानोदय स्कुल १३ ओभरमा ६२ रनमा अलआउट भयो। मदरल्याण्ड स्कुलले ९ ओभरमा ६ विकेट गुमाउँदै ६३ रन बनाउँदै ४ विकेटले जित हात पार्‍यो। जुनैद हवारी (३ विकेट) म्यान अफ द म्याच बने।

म्याच नं. ५ मा एन्जल्स वर्ड स्कुलले १५ ओभरमा ८८/७ रन बनायो। विद्या सदन स्कुलले १४.४ ओभरमा ९ विकेट गुमाउँदै ८९ रन पूरा गर्दै १ विकेटको रोमाञ्चक जित निकाल्यो। राज आलम म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताअन्तर्गत भोलि जुनियरतर्फ सिद्धार्थ एकेडेमी र लर्ड बुद्ध स्कुल तथा सिनियरतर्फ विद्या सदन स्कुल र माउन्ट हर्मन स्कुलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। पहिलो खेल बिहान ९:०० बजे र दोस्रो खेल बिहान ११:०० बजे सुरु हुनेछ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल