spot_img

18 March ,2026,Wednesday

मारवाडी प्रिमियर लिग–३ : पाँचौँ दिनमा गौरीशंकर हिटर्स र मनास्लु राइडर्स विजयी

वीरगंज, ०३ फागुन । मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौँ दिनका खेलहरू उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका छन्। प्रतियोगिता वीरगंजस्थित आदर्शनगर रंगशालामा जारी रहेको छ।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न खेलहरूमा खेलाडी तथा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ भने प्रतियोगिता अवधिभर २३ खेल खेलाइने कार्यक्रम रहेको छ। उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई विजेता घोषित गरिनेछ। विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक केशव खेतानले जानकारी दिएका छन्।पाँचौँ दिनको पहिलो खेलमा गौरीशंकर हिटर्स र कञ्चनजंघा वीरगंज स्ट्राइकरबीच प्रतिस्पर्धा भएको थियो।

निर्धारित १५ ओभरमा कञ्चनजंघा वीरगंज स्ट्राइकरले ६ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। जवाफमा गौरीशंकर हिटर्सले ९ विकेट गुमाउँदै १२४ रन जोड्दै २१ रनले शानदार जित हात पारेको छ।

त्यसैगरी दोस्रो खेल माछापुच्छ्रे BTS ब्लास्टर र मनास्लु राइडर्सबीच सम्पन्न भएको थियो। माछापुच्छ्रे BTS ब्लास्टरले १५ ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। जवाफमा मनास्लु राइडर्सले ८ विकेट गुमाउँदै १०५ रन जोड्दै २ विकेटले रोमाञ्चक जित हासिल गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल