spot_img

20 March ,2026,Friday

सूर्य मन्दिर समितिको कार्यकारिणी बैठक सम्पन्न, चैती छठ पर्वको तयारीबारे छलफल

रक्सौल, ०६ चैत्र । शुक्रबार थाना परिसरमा सूर्य मन्दिर समिति, रक्सौलको कार्यकारिणी बैठक पदेन अध्यक्ष तथा स्थानीय विधायक प्रमोद कुमार सिन्हाको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा संरक्षक तथा अनुमण्डल पदाधिकारी मनीष कुमार, थानाध्यक्ष हेमन्त सिंह (एएसपी) लगायत अन्य कार्यकारिणी सदस्य हरूको उपस्थिति रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै विधायक सिन्हाले आगामी चैती छठ पर्वलाई लक्षित गर्दै सूर्य मन्दिरस्थित छठ घाटको सरसफाइ तथा आवश्यक व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे। उनले समयमै सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिँदै निकट भविष्यमा समितिको नयाँ कार्यकारिणी गठन गर्ने तथा मन्दिर परिसरका सटर (शेड) पसलहरूको भाडा नवीकरण र नयाँ सम्झौता प्रक्रिया अगाडि बढाउने विषयमा पनि चर्चा गरे। त्यस्तै, अनुमण्डल पदाधिकारी मनीष कुमार र थानाध्यक्ष हेमन्त सिंहले छठ पर्वका अवसरमा सुरक्षा व्यवस्था कडा बनाउने तथा व्रतालु र श्रद्धालुहरूको सुविधा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्दिर समितिका सचिव शम्भु प्रसाद चौधरी, कोषाध्यक्ष गणेश अग्रवाल तथा मिडिया प्रभारी रजनीश प्रियदर्शीले संयुक्त रूपमा मन्दिर परिसर र पोखरीको सरसफाइ कार्य केही दिनदेखि निरन्तर भइरहेको जानकारी दिए। छठ पर्वअघि भव्य पण्डाल निर्माण तथा विद्युत सजावटको व्यवस्था पनि गरिने जनाइएको छ।

बैठकमा सिटी म्यानेजर अविनाश कुमार, सरसफाइ प्रभारी कन्हैया यादव, वडा पार्षद सुरेश कुमार, दीपक कुमार गुप्ता, नगर परिषद्का प्रतिनिधिहरू तथा समितिका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकसम्बन्धी जानकारी मिडिया प्रभारी रजनीश प्रियदर्शीले दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल