spot_img

28 March ,2026,Saturday

भारत विकास परिषद रक्सौलद्वारा रामनवमीमा कन्या पूजन, ५ विपन्न बालिकाको शिक्षाको जिम्मा लिने घोषणा

रक्सौल, १३ चैत्र । चैत्र श्रीरामनवमीको पावन अवसरमा भारत विकास परिषद, शाखा–रक्सौलको आयोजनामा शुक्रबार भव्य कन्या पूजन कार्यक्रम सम्पन्न भएको छ। शहरको कोईरिया टोलास्थित शिवनारायण निवास परिसरमा श्रद्धा, भक्ति र उल्लासपूर्ण वातावरणमा कार्यक्रम आयोजना गरिएको हो।

महिला सहभागिता प्रमुख मेनका गुप्ताको नेतृत्वमा सम्पन्न कार्यक्रममा सीमा गुप्ता, किरण गुप्ता, श्वेता रानी, कामिनी सिंह, शकुन्तला देवी, ममता देवी, मीना देवी, बबली सिकारिया, अरुणिमा जायसवाललगायतको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा ३० जना कन्याको विधिपूर्वक पूजन गरी उपहार प्रदान गरिएको थियो।

पूजनका क्रममा कन्याहरूको चरण प्रक्षालन, श्रृंगार तथा मन्त्र उच्चारणसहित आरती सम्पन्न गरिएको थियो। त्यसपछि सबै कन्यालाई प्रसाद स्वरूप भोजन गराउनुका साथै पठन सामग्री, फलफूल र अन्य आवश्यक सामग्री वितरण गरिएको थियो।कार्यक्रममा परिषदका सचिव नरेश कुमार, वित्त सचिव सुनील कुमार तथा मेनका गुप्ताले संयुक्त रूपमा पूजा-अर्चना गरेका थिए। शाखा अध्यक्ष रजनीश प्रियदर्शी र सचिव नरेश कुमारले कन्याहरू समाज र राष्ट्रको आधारशिला भएको उल्लेख गर्दै शिक्षा, संस्कार र स्वास्थ्यप्रति सचेत रहन आग्रह गरे।

मेनका गुप्ताले नारीलाई शक्ति स्वरूपा बताउँदै समाजमा विद्यमान कुरीतिहरू—जस्तै यौन शोषण, भ्रूण हत्या र दहेज उत्पीडन—प्रति चिन्ता व्यक्त गरिन्। उनले “बेटी बचाऔं, बेटी पढाऔं” अभियानलाई सशक्त बनाउन सबैलाई आह्वान गरिन्।

यसै अवसरमा संस्कार संयोजक विजय कुमार साहले परिषदको रक्सौल शाखाले ५ जना अति विपन्न कन्याको एक वर्षको ट्युसन शुल्क, पुस्तक, कापी, कलम लगायत सम्पूर्ण शैक्षिक खर्च व्यहोर्ने घोषणा गरेका छन्।कार्यक्रम सफल बनाउन सम्पर्क प्रमुख उमेश सिकारिया, नीतेश कुमार सिंह, मनोज कुमार, अजय कुमार, सुभाष अग्रवाल, विनोद कुमारलगायत सदस्यहरूको उल्लेखनीय योगदान रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल