spot_img

9 April ,2026,Thursday

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज , २५ चैतः प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

वीरगञ्जको नारायणी रङ्गशालामा आज भएको खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई डकवर्थ लुइस (डिएलएस मेथड)को आधारमा १८ रनले पराजित गरेको हो । सुरुआतमा ब्याटिङ गरेको मधेस प्रदेशले ३४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनायो । मधेस प्रदेशको तर्फबाट मयन यादवले ४३ रन र विशाल सुसलिङले ४० रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका अपराजित पौडेल र सुवास भण्डारीले तीन–तीन विकेट लिए ।

जबाफी ब्याटिङमा उत्रिएको गण्डकी प्रदेशले २२ ओभरमा पाँच विकेटको क्षतिमा ८० रन बनायो । गण्डकी प्रदेशले ब्याटिङ गर्दा पानी परेपछि खेलको निर्णय डकवर्थ लुइस मेथडबाट गरिएको हो । गण्डकी प्रदेशका अर्जुन कुमालले ४९ रन र दिपक डुम्रेले १३ रन बनाए ।

बलिङतर्फ मधेस प्रदेशका विशाल पटेल र मोहम्मद आदिल आलमले एक–एक विकेट लिए । आजको खेलमा मधेस प्रदेशका विशाल  सुसलिङ प्लेयर अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाए । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रू १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल