spot_img

9 April ,2026,Thursday

आमा भेट्न जाने तयारीमा थिए पाटनमा मारिएका दाजुभाइ

ललितपुर । बुधबार साँझ पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट ज्यान गुमाएका सुमित र सिर्जन नेम्वाङ आमा भएको ठाउँ लन्डन जाने तरखरमा थिए । तर, एउटालाई गरेको फोन अर्कैको नम्बरमा डायल हुँदा उत्पन्न विवादपछि दाजुभाइले नै ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार आफूबाट गल्ती भएको भन्दै माफी माग्न र मिल्नका निम्ति सुमित–सिर्जन दाजुभाइ त्यहाँ पुगेका थिए । उनीहरु दुबै पक्ष एकआपसमा अपरिचित थिए ।

दाजुभाइले गल्ती भयो भनेर कुरा गर्न खोज्दा कुरै नसुनी त्यहीँको एक मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले सिर्जनलाई प्रहार गरेका थिए । भाइमाथि चक्कु प्रहार भएपछि दाइ सुमित छुट्याउन तम्सिए । तर, उनीमाथि पनि छुरा प्रहार भएको बोगटीले बताए ।

घटनास्थलबाट प्रहरीलाई खबर पुग्नासाथ सातदोबाटो वृत्त र पुल्चोक प्रभागबाट प्रहरी टोली पुगेको थियो । प्रहरी पुग्दा घाइते अवस्थामा सुमित र सिर्जन ढलेका थिए । चक्कु प्रहार गर्ने सञ्जीव चक्कु बोकेर भाग्दै थिए । बोगटीका अनुसार, भागेका सञ्जीव नजिकैको एक रेष्टुरेण्टमा लुक्ने क्रममा महिला प्रहरीले नियन्त्रणमा लिएकी हुन् । ती महिला प्रहरीमाथि पनि उनले दुर्व्यवहारको प्रयास गरेका थिए ।

घाइते दाजुभाइलाई प्रहरीले तत्कालै ग्वार्कोस्थित बिएण्डबी अस्पताल लगेको थियो । अस्पतालले मृत घोषणा गरेको हो ।

मृतक सुमित ३३ र सिर्जन २६ वर्षका थिए । प्रहरीलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार सुमित र सिर्जन बुबासहित ललितपुरको इमाडोलमा बस्थे । उनीहरु त्यहीँ जन्मिएका र हुर्किएका हुन् । उनीहरुकी आमा लण्डनमा रहेको सूचना प्रहरीले पाएको छ । सुमित र सिर्जन पनि आमा भेट्न लन्डन जाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल