वीरगंज, २८ चैत । सर्लाही जिल्ला क्रिकेट संघले तेस्रो जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधि उचालेको छ। जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित सेज क्रिकेट मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा भरतपुर क्रिकेट एकेडेमीलाई चितवनलाई एक रनले हराउँदै सर्लाहीले उपाधि जितेको हो ।
सर्लाहीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन मात्रै बनाउन सक्यो । जितका लागि अन्तिम ६ बलमा १२ रन आवश्यक रहेको चिवतनले १० रन मात्रै बनायो ।
चितवनका प्रतिक श्रेष्ठले ४७ रनको इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् । प्रतिकले ३७ बलमा चार छक्का र एक चौका प्रहार गर्दै जित नजिक पुर्याएका थिए । रोहन झाले २३ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै ४३ रन जोडे । रिजन काफ्लेले ३१ र आर्या महतोले १६ रन बनाए ।

उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै नगर उपप्रमुख भोलाप्रसाद अधिकारी र उपसचिव शिवजी प्रसाद । सर्लाहीका राहुल महतोले दुर्ई विकेट लिए भने चक्रधार यादव र अभय यादव एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको सर्लाहीले अली हसनको अर्धशतकमा पाँच विकेट गुमाउँदै १६० रन जोडेको थियो । ४८ बल खेलेका अलीले दुर्ई छक्का र पाँच चौकासहित ५३ रन बनाए । सर्लाहीका जितेश मण्डलले पनि विष्फोटक ब्याटिङ गर्दै ३८ रन जोडे । जितेशले १४ बलमा चार छक्का र दुर्ई चौका प्रहार गरे । ओपनर आरिफ राजाले २८ रन बनाउँदा परिमार्जन यादवले २० रन बनाए । चितवनका दिपेश श्रेष्ठले दुर्ई विकेट लिँदा सुमित अर्याल, प्रतिक श्रेष्ठ र सुमित शर्माले एकरएक विकेट हात पारे ।
उपाधि विजेता सर्लाहीले दुर्ई लाख र उपविजेता चितवनले एक लाख नगद प्राप्त गरेको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी सर्लाहीका अली हसन घोषित भए । फाइनल खेलको प्लेयर अफ दि म्याचको पुरस्कार समेत प्राप्त गरेका अलीले १५ हजार हात पारे ।
प्रतियोगिताको उत्कृष्ट ब्याटर बारा जिल्ला क्रिकेट संघका साहिल पटेल घोषित भए भने उत्कृष्ट बलरको उपाधि जितेश मण्डलले पाए । विधागततर्पm उत्कृष्ट भएका खेलाडीले जनही पाँच हजार नगद पाएका छन् ।
उपाधि विजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, शिक्षा महाशाखा प्रमुख उपसचिव शिवजी प्रसाद, जनकपुर बोल्ट्सका संचालक महेश सिग्देल लगायतको सहभागिता थियो ।
आयोजक जीतपुरसिमरा स्पोट्र्स क्लबका अध्यक्ष सोमलाल बम्जनको अध्यक्षतामा सम्पन्न समापन समारोहको सहजीकरण नविन खड्काले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।