19 May ,2026,Tuesday

spot_img
spot_img
spot_img
spot_img

श्री रामचरण साह पन्नालाल माविमा निःशुल्क आँखा परीक्षण तथा चस्मा वितरण कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
वीरगंज, ०४ जेठ । नेपाल नेत्रज्योति संघ पर्सा को आयोजनामा वीरगंज महानगरपालिका वडा नं. १० स्थित श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालय मा निःशुल्क आँखा परीक्षण, चस्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्रज्योति संघ पर्साका सभापति भगवती चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। कार्यक्रममा संघका उपसभापति मदन प्रसाद गुप्ताले विद्यार्थीलाई पर्चा तथा चस्मा हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।शिविरमा विद्यार्थी तथा विद्यालयका शिक्षक गरी करिब १९५ जना लाभान्वित भएका थिए। आवश्यकता अनुसार सहभागीहरूलाई निःशुल्क औषधि तथा चस्मासमेत वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहान, विनोद गिरि, सुमनिमा राज भण्डारी, बबिता गुप्ता, उर्मिला गिरिलगायतले नेपाल नेत्रज्योति परिवारप्रति धन्यवाद ज्ञापन गर्दै कदरपत्र प्रदान गरेका थिए।

त्यसैगरी कार्यक्रममा नेपाल नेत्रज्योति संघ पर्साका निवर्तमान सभापति मधु राणा, सचिव सिताराम उपाध्याय, कोषाध्यक्ष दीपिका श्रेष्ठ, सुनिता नेपाल, समिता कर्ण, उमेश गुप्ता, गणेश प्रसाद साह, मधुसूदन उपाध्यायलगायतको उपस्थिति रहेको थियो।

नेत्र सहायक अञ्जली चौधरी र अरुण कुमारले प्राविधिक सहयोग गरेको तथा कार्यक्रमबारे जानकारी नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला कार्यसमिति सदस्य राजन श्रीवास्तवले दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल