25 July ,2026,Saturday

हिन्दू पत्रकार संघद्वारा नवनिर्वाचित अध्यक्ष आनन्द पटेल सम्मानित

वीरगंज, ०६ जेठ । हिन्दु पत्रकार संघका केन्द्रिय कोषाध्यक्ष तथा सञ्चार क्षेत्रमा सक्रिय युवा पत्रकार आनन्द पटेललाई क्रियाशील युवा पत्रकार मञ्च नेपालको अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित भएको अवसरमा सम्मान गरिएको छ।

वीरगंजमा आयोजित एक विशेष कार्यक्रमबीच उनलाई टीका, माला तथा गम्छा लगाई सम्मान गरिएको हो। कार्यक्रममा वक्ताहरूले पत्रकारिता क्षेत्रको विकास, युवा पत्रकारहरूको क्षमता अभिवृद्धि तथा संगठनात्मक नेतृत्वमा आनन्द पटेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।हिन्दु पत्रकार संघका केन्द्रिय अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सहभागीहरूले नव निर्वाचित अध्यक्ष पटेललाई सफल कार्यकालको शुभकामना दिएका थिए।

कार्यक्रममा हिन्दु पत्रकार संघका उपाध्यक्ष बिनोद पटेल, राकेश साह, कन्हैया पटेल, सन्तोष कुश्वाहा, सन्जय कुश्वाहा, अनिल ओझा, अर्जुन चौधरी लगायत पदाधिकारी तथा पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो।

सम्मान कार्यक्रममा बोल्दै आनन्द पटेलले आफूलाई प्रदान गरिएको सम्मानले थप जिम्मेवार र उत्साहित बनाएको उल्लेख गर्दै पत्रकारहरूको हकहित, पेशागत सुरक्षा तथा निष्पक्ष पत्रकारिताको प्रवर्द्धनका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...