25 July ,2026,Saturday

जगरनाथपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ नेतृत्व चयन, प्रसुराम साह कानु सर्वसम्मत सभापति

शैलेश गुप्ता |

वीरगंज, ०९ जेष्ठ । पर्साको जगरनाथपुर गाउँपालिकामा (रास्वपा) को प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार सम्पन्न उक्त भेलाले प्रशुराम साह कानुको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत रूपमा गठन गरेको हो।

नवगठित समितिको सभापतिमा प्रशुराम साह कानु चयन भएका छन् भने उपसभापतिमा नुर आलम राउत गद्दी र सचिवमा जन्नजय प्रसाद यादव चयन भएका छन्। समितिमा सदस्यका रूपमा रिता देवी, सुनिल प्रसाद यादव, म. हविल गद्दी, हरिकिशोर मुखिया विन, रामबाबु प्रसाद चौहान, सुनिल कुमार चौरसिया, अनिता कुमारी र सोनामती देवी रहेका छन्।

भेलाको सभापतित्व रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राले गरेका थिए भने प्रमुख आतिथ्यतामा रास्वपा मधेश प्रदेश सभापति ई. तपेश्वर यादव उपस्थित थिए। कार्यक्रममा जिल्ला सभापति हरि पन्त, उपसभापति तुलसा पौडेल अधिकारीसहित स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न वडा समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलामा सहभागी वक्ताहरूले स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र जनमुखी शासन प्रणालीको आवश्यकता औंल्याउँदै रास्वपाप्रति जनआकर्षण बढ्दै गएको धारणा राखेका थिए। उनीहरूले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले जनअपेक्षा पूरा गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताए।

सभापतिमा चयन भएपछि प्रशुराम साह कानुले जगरनाथपुर गाउँपालिकाको समग्र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार क्षेत्रलाई विशेष ध्यान दिँदै सुशासन, पारदर्शिता र युवाको सक्रिय सहभागितालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन्।

उनले सबै पक्षसँग सहकार्य गर्दै जगरनाथपुरलाई विकास र समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...