spot_img

11 March ,2026,Wednesday

भारतीय लोकसभामा यसरी अगाडि बढ्नेछ प्रधानमन्त्री मोदी विरुद्धको अविश्वास प्रस्ताव

काठमाडौं, साउन ११

भारतीय लोकसभामा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै अब छलफल अगाडि बढाइने भएको छ ।

भारतीय कांग्रेसका सांसद गौरव गोगाईले मोदी सरकार विरुद्ध प्रस्तुत गरेको अविश्वास प्रस्तावमा ५० सांसदले समर्थन जनाएपछि संसद्ले स्वीकार गरेको छ ।

अविश्वासको प्रस्तावलाई अगाडि बढाउने बारे आज सभामुखले प्रमुख राजनीतिक दलसँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छलफलले अविश्वासको प्रस्तावमाथि छलफल थाल्ने मिति तय गर्नेछ । प्रस्तावमाथि आगामी हप्ता चर्चा हुने अनुमान छ ।

विपक्षी दलहरूले मणिपुरमा भएको हिंसामा मोदी सरकारलाई घेर्न खोजेका छन् । त्यसै रणनीतिअनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । संसद्मा प्रस्तावमाथि छलफल भएर सरकारले जवाफ दिनेछ । त्यसपछि प्रस्तावलाई निर्णयार्थ पेश गर्दै पक्षरविपक्षमा मतदान हुने समाचारमा जनाइएको छ ।

संसदीय अंकगणित हेर्दा मोदी सरकारसँग स्पष्ट बहुमत छ । सरकारी गठबन्धनसँग ३२९ सांसद रहेका छन् भने विपक्षमा १४२ सांसद मात्रै छन् । अविश्वासको प्रस्ताव असफल हुने निश्चित छ तर विपक्षी दलले मणिपुर हिंसाको घटनाबारे छलफल गराउन अविश्वास प्रस्ताव ल्याएका जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल