अभिलाष गुप्ता
वीरगंज, ०९ जेठ । क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो कार्यसमिति बैठक शनिबार वीरगंज मा सम्पन्न भएको छ। बैठकले संस्थालाई थप विस्तार गर्ने, नयाँ सदस्यता वितरण गर्ने तथा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले पहिलो चरणमा पत्रकारिता क्षेत्रमा सक्रिय रूपमा कार्यरत १० जना पत्रकारलाई सदस्यता वितरण गर्ने निर्णय गरेको जनाएको छ। साथै नेपाल रेडक्रस सोसाइटी पर्सा मा रगतको अत्यधिक माग रहेको तथा रक्तसञ्चार केन्द्रको अनुरोधलाई मध्यनजर गर्दै आगामी जेठ २३ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरिएको छ।
बैठक वीरगंजस्थित च्वाइस खबर डटकम को कार्यालयमा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष आनन्द पटेल को अध्यक्षतामा सम्पन्न बैठकमा स्थानीय विषयवस्तु तथा जनसरोकारका मुद्दालाई आगामी दिनमा प्राथमिकताका साथ उठाउने निर्णय समेत गरिएको बताइएको छ।
बैठकमा संस्थाका निवर्तमान अध्यक्ष प्रणय साह, उपाध्यक्ष वीरेन्द्र साह, सचिव ओमप्रकाश सराफ, कोषाध्यक्ष उपेन्द्र कुमार बरै लगायत सदस्यहरू सुनिल ओझा, आरोहण साह, मुकेश यादव, कान्हिया बर्नवाल, अर्जुन पण्डित तथा दिपेश ठाकुर को उपस्थिति रहेको थियो। बैठकको सहजीकरण महासचिव राकेश साहले गर्नुभएको थियो।







