24 May ,2026,Sunday

spot_img
spot_img
spot_img
spot_img

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीप राज पाठक “सर्वोत्कृष्ट” प्रशंसापत्रद्वारा सम्मानित

अभिलाष गुप्ता
वीरगंज, १० जेठ । आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन विवरण मूल्यांकन अन्तर्गत वैशाख महिनामा मधेश प्रदेशका जिल्लामध्ये जिल्ला प्रहरी कार्यालय पर्सा सर्वोत्कृष्ट घोषित भएको छ। उत्कृष्ट कार्यसम्पादन गरेबापत जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो।

तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले एसपी पाठकलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन्।प्रहरी कार्यालय पर्साले शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, अनुसन्धान, फरार प्रतिवादी पक्राउ, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री सेवा प्रवाहमा प्रभावकारी कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा उक्त सम्मान प्राप्त गरेको जनाइएको छ।

सम्मान ग्रहणपछि एसपी पाठकले पर्सावासी नागरिक, सम्पूर्ण प्रहरी कर्मचारी तथा सरोकारवालाको सहयोगकै कारण यो सफलता हासिल भएको बताएका छन्। उनले आगामी दिनमा पनि नागरिकको विश्वास कायम राख्दै अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो समय विभिन्न सचेतनामूलक कार्यक्रम, अपराध नियन्त्रण अभियान तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई समेत प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल