24 July ,2026,Friday

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रमा दुर्लभ “कल्प वृक्ष” रोपण

अभिलाष गुप्ता
वीरगंज, ११ जेष्ठ । वीरगंजस्थिति ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर परिसरमा दुर्लभ मानिने “कल्प वृक्ष” रोपण गरिएको छ। ग्रीनसिटि सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा एवं पदाधिकारीहरु तथा हरि खेतान कलेजका विद्यार्थीहरुको संयुक्त उपस्थितिमा उक्त वृक्ष रोपिएको हो।

कार्यक्रममा सहभागीहरुले कल्प वृक्षलाई धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिकोणले विशेष महत्व बोकेको दुर्लभ वृक्षको रुपमा चर्चा गरेका थिए। नेपालमा सामान्यतया नपाइने यो वृक्ष विशेष माध्यमबाट भारत बाट ल्याएर रोपिएको बताइएको छ।मान्यता अनुसार कल्प वृक्ष रोपिएको क्षेत्र वरपर सकारात्मक ऊर्जा फैलिने तथा मानिसले मनमा चिताएको इच्छा पूरा हुने विश्वास रहिआएको छ। यसै विश्वासका साथ समाजमा सकारात्मक सोच, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सामुदायिक प्रहरीका पदाधिकारीहरुले वातावरण संरक्षणका लागि वृक्षारोपण आवश्यक रहेको उल्लेख गर्दै युवापुस्तालाई हरियाली संरक्षण अभियानमा जोडिन आग्रह गरेका थिए।

हरि खेतान कलेजका विद्यार्थीहरुले समेत वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...