27 May ,2026,Wednesday

spot_img
spot_img
spot_img
spot_img

वीरगंज उद्योग वाणिज्य संघको आयोजनामा कोल इन्डियासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
वीरगंज, ११ जेष्ठ । वीरगंज उद्योग वाणिज्य संघको आयोजनामा तथा कोन्सुलेट जेनरल अफ ईन्डियाको सहयोगमा कोल इन्डियासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल–भारतबीचको औद्योगिक सहकार्य, ऊर्जा आपूर्ति तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव राजपालले अध्यक्षता गर्दै उद्योग व्यवसायको विकासका लागि ऊर्जा क्षेत्रको स्थायित्व आवश्यक रहेको बताए। उनले नेपालका उद्योगहरूलाई सहज र भरपर्दो ऊर्जा आपूर्तिका लागि भारतसँगको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरे।

कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगञ्जकी महावाणिज्यदूत देवी सहाय मीणाले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध व्यापारिक र आर्थिक क्षेत्रमा अझ प्रगाढ बन्दै गएको बताइन्। उनले दुई देशबीच उद्योग, ऊर्जा तथा पूर्वाधार विकासमा सहकार्य बढ्दै गएको उल्लेख गर्दै यस्ता अन्तरक्रियाले निजी क्षेत्रबीच आपसी समझदारी मजबुत बनाउने विश्वास व्यक्त गरिन्।त्यसैगरी कोल इन्डियाका कार्यकारी निर्देशक रजनीकान्त माफीले नेपालसँग दीर्घकालीन सहकार्य विस्तार गर्न इच्छुक रहेको जनाउँदै उद्योगहरूलाई आवश्यक पर्ने कोइला तथा ऊर्जा स्रोतको आपूर्तिमा सहजीकरण गर्न कम्पनी सकारात्मक रहेको बताए।

कार्यक्रममा कोल इन्डियाका प्रबन्धक विद्याधर पाण्डेय तथा वरिष्ठ प्रबन्धक सन्तोष शाहले कम्पनीको कार्ययोजना तथा आगामी रणनीतिबारे प्रस्तुतीकरण गरेका थिए। उनीहरूले नेपालका उद्योगहरूलाई गुणस्तरीय सेवा र आपूर्ति प्रणाली उपलब्ध गराउने विषयमा जानकारी दिएका थिए।

छलफलका क्रममा उद्योगी व्यवसायीहरूले कोइला आपूर्ति, ढुवानी व्यवस्थापन, मूल्य स्थायित्व तथा औद्योगिक सहकार्य सम्बन्धी जिज्ञासा राखेका थिए। कार्यक्रममा सहभागीहरूले नेपाल–भारत व्यापार सम्बन्धलाई थप प्रभावकारी बनाउन नियमित संवाद आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष आशिष कुमार लाठ, भारतीय महावाणिज्य दूतावासका वाणिज्य प्रतिनिधि मनीष डुडपुरी, संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको अन्त्यमा संघका उपाध्यक्ष आशिष कुमार लाठले धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल