25 July ,2026,Saturday

सदस्यता शुद्धिकरणको माग गर्दै पत्रकार महासंघ पर्सामा भोलि तालाबन्दी हुने

वीरगंज, जेष्ठ १४ । नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै आन्दोलनरत पत्रकारहरूले आन्दोलन थप सशक्त बनाउने घोषणा गरेका छन्। दुई दिनदेखि जारी धर्ना कार्यक्रमप्रति महासंघ नेतृत्वले बेवास्ता गरेको आरोप लगाउँदै पत्रकार संघर्ष समितिले भोलि शुक्रबार बिहान ११ बजे महासंघको मूल गेटमा तालाबन्दी गर्ने चेतावनी दिएको हो।

संघर्ष समितिका संयोजक अनुप तिवारीले आन्दोलनरत पक्षका मागप्रति नेपाल पत्रकार महासंघ पर्साले कुनै चासो नदेखाएको तथा सदस्यता शुद्धिकरण र नयाँ सदस्यता वितरणका विषयमा ठोस पहल नगरेको आरोप लगाउनुभयो।

उहाँले महासंघभित्र सदस्यता सम्बन्धी विवाद, अपारदर्शिता तथा निष्पक्षताको अभाव देखिएको भन्दै पत्रकारहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभयो। “हाम्रा माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ। तालाबन्दी कार्यक्रम पनि निरन्तर अघि बढाइनेछ,” संयोजक तिवारीले भन्नुभयो।

संघर्ष समितिले महासंघको सदस्यता प्रणाली पारदर्शी बनाउन, वास्तविक क्रियाशील पत्रकारलाई समेट्न तथा नयाँ सदस्यता वितरण प्रक्रिया निष्पक्ष ढंगले सञ्चालन गर्न माग गर्दै आएको छ।

यसअघि समितिले महासंघ कार्यालय परिसरमा दैनिक धर्ना कार्यक्रम सञ्चालन गर्दै आएको थियो। अब आन्दोलनलाई थप दबाबमूलक बनाउने रणनीतिअन्तर्गत तालाबन्दी कार्यक्रम घोषणा गरिएको संघर्ष समितिले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...