31 May ,2026,Sunday

spot_img
spot_img
spot_img
spot_img

उपभोक्ता हित संरक्षण मञ्चको माग : अखाद्य तथा मिसावटयुक्त खाद्यवस्तु माथि कडा निगरानी गरियोस्

वीरगंज, १७ जेष्ठ ।  उपभोक्ता हित संरक्षण मञ्च नेपालले बजारमा बिक्री वितरण भइरहेका अखाद्य, मिसावटयुक्त तथा गुणस्तरहीन खाद्यवस्तु र पेय पदार्थमाथि कडा अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

मञ्चले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति मार्फत पछिल्लो समय सञ्चार माध्यममा सार्वजनिक भएका अखाद्य तथा गुणस्तरहीन पेय पदार्थ बिक्रीसम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले यस्ता गतिविधिमाथि प्रभावकारी नियन्त्रण आवश्यक रहेको मञ्चको भनाइ छ।

विज्ञप्तिमा खाद्य स्वच्छता र गुणस्तर कायम राख्ने जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको रहेको उल्लेख गर्दै उत्पादन स्थल, बजार अनुगमन तथा नमुना परीक्षणलाई थप प्रभावकारी बनाउन आग्रह गरिएको छ। बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको नियमित निरीक्षण र अनुगमन गरी गुणस्तर सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिइएको छ।

मञ्चका अनुसार उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि सम्बन्धित सरकारी निकाय, व्यवसायी तथा सरोकारवालाबीच समन्वय आवश्यक छ। खाद्यजन्य वस्तु उत्पादन तथा बिक्रीमा संलग्न व्यवसायीहरूले कानुनी मापदण्डको पूर्ण पालना गर्नुपर्ने मञ्चले जनाएको छ।

उपभोक्ता हित संरक्षण मञ्च पर्साका अध्यक्ष सुनील कुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सञ्चालन गर्दै आएको मोबाइल ल्याब सेवा मधेश प्रदेशका विभिन्न जिल्लामा प्रभावकारी रूपमा परिचालन गरी खाद्य स्वच्छता कायम गर्न पहल गर्नसमेत माग गरिएको छ।

मञ्चले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल