31 May ,2026,Sunday

spot_img
spot_img
spot_img
spot_img

ठोरीस्थित वृद्धाश्रमलाई उपकार सेवा नेपालको मासिक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग

अभिलाष गुप्ता
वीरगंज, १७ जेष्ठ । उपकार सेवा नेपालले आफ्नो नियमित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पर्साको ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।

आश्रममा आश्रित १८ जना अपाङ्ग, सुस्त मनस्थितिका व्यक्ति, वृद्धवृद्धा तथा बालबालिकाको उपभोगका लागि संस्थाले ३० किलोका दुई बोरा चामल, एक बोरा पिठो, एक बोरा सोयाबिन, १० किलो दाल, ४ लिटर खानेतेल, ५ किलो नुन, सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, धनियाँ, खुर्सानीलगायत विभिन्न दैनिक आवश्यक सामग्री उपलब्ध गराएको हो।

आयोजित एक कार्यक्रमका बीच उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुले आश्रमका सदस्यहरू युहन्न गुरुङ, ममता गुरुङ र बिमाया थापालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।

उपकार सेवा नेपालले विगतदेखि नै आश्रमलाई प्रत्येक महिना खाद्यान्न तथा अन्य जिन्सी सामग्री सहयोग गर्दै आएको छ। संस्थाले यस्ता सहयोगात्मक कार्यलाई निरन्तरता दिँदै आश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन योगदान पुर्‍याइरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल