2 June ,2026,Tuesday

spot_img
spot_img
spot_img
spot_img

हरि खेतान बहुमुखी क्याम्पसको सञ्चालक समिति पुनर्गठन, डा. रामअवतार खेतान अध्यक्ष चयन

अभिलाष गुप्ता
वीरगंज, १९ जेष्ठ । हरि खेतान बहुमुखी क्याम्पस, वीरगंजकाे सञ्चालक समिति पुनर्गठन गरिएको छ। क्याम्पस प्रशासनद्वारा जारी सूचनाअनुसार २०८३ असार १६ गते सम्पन्न पुनर्गठन प्रक्रियामार्फत नयाँ पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका छन्।

क्याम्पस प्रशासनले नवगठित समितिले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा समग्र प्रगतिका लागि सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेको जनाएको छ।पुनर्गठित सञ्चालक समितिमा डा. रामअवतार खेतान अध्यक्ष, हरि प्रसाद गौतम उपाध्यक्ष तथा सुरेश कुमार रूङगटा कोषाध्यक्ष चयन भएका छन्। त्यसैगरी वेदबहादुर कार्की र बर्जित कौर सदस्य, किशोरी राय सदस्य सचिव तथा जयप्रकाश खेतान सल्लाहकारको जिम्मेवारीमा रहेका छन्।

क्याम्पस प्रशासनले सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई नयाँ समितिबारे जानकारी गराउँदै नवनियुक्त पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल