6 June ,2026,Saturday

spot_img
spot_img
spot_img
spot_img

पब्लिक फिटनेस सेन्टरको नवौँ स्थापना दिवसमा दोस्रो पुश-अप्स प्रतियोगिता सम्पन्न

अभिलाष गुप्ता
वीरगंज, २३ जेष्ठ । पब्लिक फिटनेस सेन्टर वीरगंजकाे नवौँ स्थापना दिवसको अवसरमा आयोजित दोस्रो पुश-अप्स प्रतियोगिता सम्पन्न भएको छ। वीरगंजकाे लिंक रोडमा आयोजित प्रतियोगितामा सुमित पटेल प्रथम, धिरज साह द्वितीय तथा बर्मा यादव तृतीय भएका छन्।

विजेताहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव ले संघ र प्रदेश सरकार नपुगेका स्थानमा स्थानीय सरकारले सेवा र सहयोग पुर्‍याउनुपर्ने बताएका थिए। उनले शारीरिक अभ्यास स्वस्थ जीवनका लागि आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, खेलाडीहरू वेश आलम, सुजित यादव, अफताव आलम, खलिद हुसैन तथा अभिभावक मणिन्द्रलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितासँगै वार्षिक उत्सवको अवसरमा क्लबमा निरन्तर उपस्थिति जनाई योगदान पुर्‍याउने विशाल यादव, सुमित पटेल, सन्ध्या चौधरी, कृष्ण साह, मणिन्द्रलाल श्रेष्ठ र देवेन्द्र यादवलाई सम्मान गरिएको थियो।

पब्लिक फिटनेस सेन्टर वीरगंजकाे सञ्चालक, खेलाडी तथा प्रशिक्षक करण यादव की छोरी आहाना यादवले वार्षिकोत्सवको केक काटेकी थिइन्। करण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शिवनाथ यादवले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल