9 June ,2026,Tuesday

spot_img
spot_img
spot_img
spot_img

मेयर राजेशमान सिंहविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारमाथि प्रश्न, ‘क्षेत्राधिकार नाघेर मुद्दा दर्ता गरियो’ स्वकीय सचिव सत्यराज घिमिरे

अभिलाष गुप्ता
वीरगंज, २५ जेष्ठ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध छोरीको नागरिकता बनाउने विषयमा दर्ता भएको भ्रष्टाचार मुद्दापछि मेयर पक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कदममाथि गम्भीर प्रश्न उठाएको छ।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले आइतबार प्रतिक्रिया दिँदै उक्त मुद्दा भ्रष्टाचारसँग सम्बन्धित नभई नागरिकता विवादको विषय भएको बताएका छन्। उनका अनुसार नागरिकता बनाउने प्रक्रियामा मेयर सिंह सेवाग्राहीको भूमिकामा मात्र रहेका कारण सेवाग्राहीले अख्तियारको अधिकार वा राज्य संयन्त्रको दुरुपयोग गर्न नसक्ने स्पष्ट पारे।

घिमिरेले सोही विषयमा यसअघि नै पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भई कानुनी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा अख्तियारले पुनः भ्रष्टाचार मुद्दा दर्ता गर्नु क्षेत्राधिकारभन्दा बाहिरको कदम भएको आरोप लगाए। उनले न्यायालयमा विचाराधीन रहेको विषयमा अख्तियारले इतिहासमै पहिलो पटक हस्तक्षेपकारी ढंगले मुद्दा दर्ता गरेको दाबी गरे।

उनका अनुसार नागरिकता सम्बन्धी विवादमा अख्तियारको भूमिका अनुसन्धान गरी सम्बन्धित निकायलाई सिफारिस गर्ने तहसम्म सीमित हुनुपर्ने हो। तर आयोगले प्रत्यक्ष रूपमा भ्रष्टाचार मुद्दा दायर गरेर आफ्नो अधिकार क्षेत्र नाघेको र राज्यशक्तिको दुरुपयोग गरेको उनको आरोप छ।

घिमिरेले यदि नागरिकता प्राप्तिको प्रक्रियालाई नै भ्रष्टाचारको विषय मानिएको हो भने विदेशी नागरिक वा झुटा विवरणका आधारमा नागरिकता लिएका सबै व्यक्तिमाथि पनि समान रूपमा भ्रष्टाचार मुद्दा चलाउन अख्तियार तयार हुनुपर्ने चुनौती दिए। उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै छनोटपूर्ण कारबाहीले न्यायिक प्रणालीमाथि प्रश्न उठ्ने बताए।

उनले मेयर सिंह पक्ष न्यायिक प्रक्रियामा पूर्ण रूपमा सहभागी हुने र अदालतबाट निष्पक्ष न्याय प्राप्त हुनेमा विश्वास रहेको पनि बताए। साथै अदालतबाट सत्य तथ्य स्थापित हुने विश्वास व्यक्त गर्दै कानुनी प्रक्रियालाई सम्मान गर्ने प्रतिबद्धता जनाए।

उक्त मुद्दाबारे अख्तियारको औपचारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ। मुद्दाको थप सुनुवाइ तथा न्यायिक प्रक्रियासँगै यस विषयको वास्तविकता स्पष्ट हुँदै जाने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल