16 July ,2026,Thursday

Gen-Z आन्दोलनका क्रममा फरार कैदी पक्राउ

वीरगंज, ३२ अषाढ । लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार Gen-Z आन्दोलनका क्रममा प्राप्त विशेष सूचनाका आधारमा नख्खु कारागार कार्यालय, काठमाडौंबाट फरार रहेका पर्साको ठोरी गाउँपालिका–४ निवासी २४ वर्षीय निकेश श्रेष्ठ लाई पक्राउ गरिएको हो।

श्रेष्ठलाई लागुऔषध सम्बन्धी मुद्दामा अदालतले दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो। सजाय कार्यान्वयनका क्रममा उनी फरार रहेका थिए।।

इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले उनलाई असार ३१ गते साँझ करिब ६:३० बजे आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालयमा पठाउने कार्य भइरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...