18 July ,2026,Saturday

सांसद सुशील साह कानुको पहलपछि अस्ट्रेलियाबाट स्वदेश ल्याइयो राकेश कुमार पटेलको पार्थिव शरीर

अभिलाष गुप्ता
वीरगंज, ०२ साउन । पर्सागढी नगरपालिका–७ चैनपुर निवासी स्वर्गीय राकेश कुमार पटेलको पार्थिव शरीर करिब तीन महिनापछि शुक्रबार राति अस्ट्रेलियाबाट नेपाल ल्याइएको छ। विभिन्न कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न समय लागेका कारण ढिलाइ भए पनि अन्ततः उनको शव काठमाडौँ आइपुगेको हो।

२९ वर्षीय पटेल गत चैत २० गते अस्ट्रेलियाको ताज्मानियास्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए। रोजगारीका लागि अस्ट्रेलिया पुगेका उनको मृत्युको कारणबारे हालसम्म आधिकारिक रूपमा विस्तृत जानकारी सार्वजनिक भएको छैन। घटनापछि अस्ट्रेलियास्थित नेपाली दूतावासले परिवारलाई घटनाबारे जानकारी गराएको थियो।

छोराको पार्थिव शरीर स्वदेश ल्याइदिन माग गर्दै उनका पिता ब्रिजा राउत कुर्मीले २०८३ वैशाख २३ गते परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए। लामो समयसम्म प्रक्रिया अघि नबढेपछि परिवारले चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायसँग निरन्तर पहल गरिरहेको थियो।

यसैबीच, पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले असार १८ गते प्रतिनिधिसभा बैठकमा उक्त विषय उठाउँदै नेपाली नागरिकको पार्थिव शरीर सम्मानपूर्वक स्वदेश ल्याउन सरकारले आवश्यक समन्वय र पहल गर्नुपर्ने माग गरेका थिए।

सांसद कानुले संसद्मा विषय उठाएपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायसँग समन्वयलाई तीव्र बनाएको थियो। अस्ट्रेलियामा रहेका नेपाली समुदायले समेत आवश्यक परे आर्थिक सहयोग संकलन गरेर शव स्वदेश पठाउने तयारी गरेका थिए। त्यसपछि पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया द्रुत रूपमा अघि बढेको थियो।

शुक्रबार राति काठमाडौँ आइपुगेको पार्थिव शरीर परिवारजनले बुझिसकेका छन्। त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि शव पर्सागढी नगरपालिका–७ चैनपुरस्थित निवासतर्फ लगिएको छ। परिवारका अनुसार आज शनिबार चैनपुरमै अन्तिम श्रद्धाञ्जली अर्पण तथा अन्त्येष्टि गरिनेछ।

करिब तीन महिनादेखि अन्तिम दर्शनको प्रतीक्षामा रहेका परिवारका लागि पार्थिव शरीर स्वदेश आइपुग्नु अत्यन्त भावुक क्षण बनेको छ। शव स्वदेश ल्याउने प्रक्रियामा सहयोग पुर्‍याउने नेपाल सरकार, अस्ट्रेलियास्थित नेपाली दूतावास, सांसद सुशील कुमार कानु, अस्ट्रेलियामा रहेका नेपाली समुदाय तथा सहयोग गर्ने सम्पूर्ण व्यक्ति र निकायप्रति परिवारले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...