20 July ,2026,Monday

बाढी समस्याको समाधान र निकास खोज्दै गाउँमा पुगे सांसद सुशील कानु

अभिलाष गुप्ता
वीरगंज, ०३ साउन । पर्सा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद सुशील कानु वर्षाका कारण उत्पन्न बाढी तथा डुबान समस्याको स्थलगत निरीक्षण गर्दै प्रभावित क्षेत्रमा समाधानको पहलमा जुट्नुभएको छ।

सांसद कानुले वीरगंज महानगरपालिका–१७, २४, २५ र २६ अन्तर्गत बहुअरी, अलौ, सिर्सिया तथा सुगौली क्षेत्रमा पुगेर वर्षाको पानीका कारण किसानले लगाएको धानबाली तथा जनधनमा भइरहेको क्षतिको अवलोकन गर्नुभयो। उहाँले स्थानीय बासिन्दा, किसान तथा जनप्रतिनिधिसँग छलफल गर्दै पानी निकासको दीर्घकालीन समाधान खोज्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेको बताउनुभयो।स्थलगत निरीक्षणका क्रममा सांसद कानुले विगतदेखि दोहोरिँदै आएको करिब दुई सय बिगहा खेति योग्य जमिन डुबान समस्या अब स्थायी रूपमा समाधान गर्ने लक्ष्यका साथ आफू सक्रिय रहेको उल्लेख गर्नुभयो। उहाँले स्थानीयको सुरक्षा, खेतीयोग्य जमिनको संरक्षण तथा प्रभावकारी निकास व्यवस्थापनका लागि आवश्यक पहललाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

निरीक्षणमा स्थानीय किसान, जनप्रतिनिधि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेल, रास्वपा मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य तथा रास्वपा क्षेत्र नं. २ का उपसभापति किशोर यादव लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...